गुल्मी ।
धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयले आफ्नो ६६ औँ बार्षिकोत्सव मनाएको छ । मंगलबार विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयले बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको अवसरमा बार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी १०६ जना विद्यार्थीहरुलाई ६० हजार छात्रबृत्ति वितरण गरिएको छ । बार्षिकोत्सवमा विद्यालयका पाँचजना पूर्व शिक्षकहरुलाई पनि सम्मान गरिएको छ । पूर्व शिक्षकहरु लक्षमण पोखरेल, युवराज भण्डारी, उमाकान्त पोखरेल, भोजेन्द्र थापा र कृष्ण प्रसाद पोखरेललाई दोसल्ला एवं सम्मान पत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरुको सांगितिक नृत्य एवं पिटि प्रदर्शन पनि गरिएको थियो । त्यसैगरी विद्यालयका प्रध्यानाध्यापक चेतनारायण मरासिनीले विद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार, अभिभावक, विद्यार्थी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल कुँवरको अध्यक्षता, धुर्कोट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता चेतमान कुँवरको प्रमुख आतिथ्यता, विद्यालयका सहायक प्रध्यानाध्यापक रुद्रमणी पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक ऋषिराम पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।