गुल्मी, गुल्मीमा गाउँपालिकाका वेभसाइट चार दिनदेखि डाउन रहेका छन् । पालिकाको गतिविधि सम्प्रेषण गर्ने एवं महत्वपूर्ण सूचनाहरु आम नागरिकमाझ पु¥याउने माध्यम बनिरहेको वेभसाइट डाउन भएका हुन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको गुल्मीमा रेसुङ्गा नगरपालिकाको मात्रै वेभसाइट संचालनमा छ ।
बाँकी ११ पालिकाका वेभसाइट चलेका छैनन् । पालिकाका वेभसाइट संचालनमा नहुँदा पालिकाका बजेट, नीति तथा कार्यक्रम, जनप्रतिनिधि एवं कर्मचारीको विवरण, सम्पर्क नम्बर, विकास निर्माणसँग सम्बन्धित सूचना, कर्मचारी आह्वान लगायतका सूचनाहरुको बारेमा जानकारी पाउन समस्या भएको छ । धुर्कोट गाउँपालिकाका सूचना प्रविधि अधिकृत देवराज आचार्यले केन्द्रबाटै सर्भरमा समस्या हुँदा पालिकाको साइट नचलेको बताउनुभयो । मालिका गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले साइट नचल्दा विज्ञापन पोष्ट गर्न समस्या भएको बताउनुभयो ।
विभिन्न टेन्डरका सूचनाहरु, कर्मचारी आवश्यकतासम्बन्धि सूचना, पालिकाका गतिविधि कुनै पनि जानकारीमुलक संदेशहरु वेभसाइटमा अपडेट गर्न नपाइएको पौडेलले जानकारी दिनुभयो । साथै खुलेका विज्ञापनहरुमा न्यून संख्यामा मात्रै आवेदन परेको पौडेलको भनाई छ । यस सम्बन्धमा सम्पर्क गर्न खोज्दा सामान्य प्रशासन मन्त्रालयका कुनै पनि कर्मचारीको फोन उठेको छैन ।