spot_imgspot_img

फोर्टिन स्टार युवा क्लवको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

गुल्मी, २२ असोज ।
फोर्टिन स्टार युवा क्लव, तम्घास गुल्मीको आयोजनामा गुल्मीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता एवं शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सदरमुकाम तम्घासको चिदिचौरमा एक्स इन्डियन आर्मी तम्घास र द लेजेन्ट तम्घासबीच प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा द लेजेन्ट तम्घासले जित हाँसिल गरेको छ । गुल्मीमा सिनियर टोलिमा पहिलो पटक मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । कार्यक्रमकै अवसरमा पाँचौ फोर्टिन स्टार कपको व्यानर अनावरण समेत गरिएको छ । गुल्मी जिल्लाभरीका माध्यमिक विद्यालय स्तरीय पुरुष फुटबल प्रतियोगिता मंसिर ११ देखि १५ गतेसम्म फोर्टिन स्टार युवा क्लवकै आयोजनामा तम्घासको चिदिचौरमा हुनेछ ।


प्रतियोगितामा प्रथम हुनेलाई ३५ र द्धितिय हुनेलाई २५ हजारका साथै शिल्ड, मेडल र प्रमाण–पत्र उपलब्ध गराइने क्वलका अध्यक्ष नारायण आचार्यले जानकारी दिए । गत बर्ष संचालन भएको चौथो फोर्टिन स्टार कपमा १९ विद्यालय सहभागि भएका थिए ।

गाउँ–गाउँमा भएका प्रतिभालाई प्रस्फुटन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले क्लवले प्रत्येक बर्ष खेलकुद प्रतियोगिताको आयोजना गर्ने अध्यक्ष आचार्यले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले खेल क्षेत्रका विकासको लागि आफुहरु लागिपरेको बताए ।

कार्यक्रममा विभिन्न जनप्रनिधि, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम फोर्टिन स्टार युवा क्वलका अध्यक्ष नारायण आचार्यको अध्यक्षता, मेयर पन्थीको प्रमुख आतिथ्यता तथा संचारकर्मी सुमन पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा