गुल्मी ।
नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरकमिटीको आयोजनामा आउदैँ गरेको शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । तम्घासस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा सहभागि पार्टीका नेता एवं कार्यक्रताहरुले दिपावली एवं छठ पर्वको शुभकामना साटासाट गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्धि जिसीले पार्टीको पछिल्लो गतिविधि, पार्टीका केन्द्रीय नीति लगायतका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य एवं जिल्ला सचिव अशोक थापा, प्रदेश सदस्य गीता थापा, रेसुङ्गा नगरकमिटी इन्चार्ज घनश्याम पाण्डे, वाइसिएल जिल्ला अध्यक्ष अशोक श्रेष्ठ, प्रेस सेन्टरका जिल्ला सचिव हुमाकान्त पोखरेल, अखिल क्रान्तिकारीका प्रतिनिधि मन्दिरा विश्वकर्मा लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेकपा माओवादी केन्द्रका रेसुङ्गा नगरकमिटी अध्यक्ष गिरीसिंह महासिंहको अध्यक्षता, सीता विश्वकर्माको स्वागत मन्तव्य तथा सचिव भरत पन्थीको संचालनमा सम्पन्न भएको थियो ।