गुल्मी ।
जिल्ला प्रशासन कार्यालय, गुल्मीले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । सोमबार मदाने गाउँपालिका –४ निवासी ‘क’ वर्गका अपाङ्ग समेत रहेका नारायण सेन ओलीलाई नागरिकता प्रदान गरेको हो । मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले संयुक्त रुपमा ओलीलाई नागरिकता प्रदान गरेका हुन् ।
०६१ साल असार २१ गते बुवा खेत बहादुर वली क्षेत्री र आमा पवित्रा ओली क्षेत्रीको कोखबाट जन्मिएका नारायण सात बर्ष अगाडी बिरामी परे । त्यसपछि उनको चितवनमा टाउकाको शल्यक्रिया भयो । पछि प्यारालाइसिस भयो र शरिर चल्न छोड्यो ।
घरका परिवारले पनि कुनै वास्ता नगरेपछि उघरमै पुगेर नागरिकता प्रदाननी आमासँगै मावली घर मदाने –०७ भनभनेमा बस्दै आएका छन् । उनको अहिले आमा र मामाले स्याहार–सुसार गर्दै आएका छन् । नारायणलाई सवारी साधनमा सदरमुकाम तम्घाससम्म पनि लैजाने स्थिति नभएपछि परिवारले घरमै नागरिकता दिलाउनका लागि वडामा निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा वडा कार्यालयले गरेको समन्वयका आधारमा प्रशासनले घरमै नागरिकता पु¥याएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत फुल्लेलले अपाङ्ग नागरिकलाई घरमै पुगेर सेवा दिने कार्यालयको अभियानअन्तरगत आफुहरुले ओलीलाई नागरिकता दिएको बताए ।
ओलीकी आमा पवित्राले घरमै नागरिकता दिने टोलीलाई धन्यवाद दिइन् । नागरिकता वितरण गर्नको मदाने गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सन्तोष केसी, निवर्तमान अध्यक्ष काँशी बहादुर बोहोरा, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुम बहादुर थापा, जिल्ला प्रशासन कार्यालयमा नागरिकता फाँटमा कार्यरत देविराम पन्थी, पत्रकार हुमाकान्त पोखरेल लगायतको उपस्थिति रहेको थियो ।