माओवादी केन्द्र, चन्द्रकोटको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

गुल्मी ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चन्द्रकोट गाउँपालिका गुल्मीको अगुवा कार्यक्रता भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । चन्द्रकोटको शान्तिपुरमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले दिपावली तथा छठ पर्वको शुभकामना दिदैँ पार्टीका पछिल्ला गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।

माओवादीले सुरु गरेको भ्रष्ट्राचार विरुद्धको अभियान र त्यसको पाएको सार्थकता, पार्टीले लिएको नीति, अब अगुवा कार्यक्रताले गनुपर्ने काम लगायतको बारेमा नेता बरालले धारणा राखेका थिए । साथै नेता बरालले अन्य पालिकाले भन्दा माओवादीले जितेका पालिका र केन्द्र वा प्रदेशमा माओवादीले नेतृत्व गरेका मन्त्रालयको काम उत्कृष्ट देखिएको दाबी गरे ।

कार्यक्रमका विशेष अतिथि माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य एवं चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले पालिकाले गरेका मुख्य कामहरुको बारेमा जानकारी गराएका थिए । नेपाल सरकारले तोकेका विभिन्न सूचकहरुमा आफुहरु अगाडी रहेको भन्दै नेता केसीले सरकार सही ढंगले संचालन गरेको बताएका थिए ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य सुमित्रा क्षेत्र, चित्र बहादुर केसी, पार्टीका जिल्ला समन्वय समिति सदस्य एवं चन्द्रकोट गाउँपालिकाका प्रवक्ता घनश्याम खरेल लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा