संस्कृति संरक्षण गर्न धुर्कोटमा देउँसी–भैलो प्रतियोगिता

हुमाकान्त पोखरेल
गुल्मी, ०१ मंसिर । पछिल्लो समय शहरमा देउँसी भैलोको नाममा विकृति फैलदो छ । यसै बिषयलाई मध्यनजर गर्दै गुल्मीको धुर्कोट गाउँपालिकाले भैलो प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकस्थित कुमारीदेवी मन्दिरमा सम्पन्न भैलो प्रतियोगितामा पालिकाका सबै वडाको सहभागिता रहेको थियो ।

जसमा वडा नम्बर १ नयाँगाउँ प्रथम, वडा नम्बर ३ हाडहाडे द्धितिय, वडा नम्बर २ पिपलधारा तृतिय एवं वडा नम्बर ४ जैसिथोक सान्त्वना भएका छन् । कार्यक्रममा सहभागि सबैलाई यातायात खर्च समेत उपलब्ध गराइएको थियो ।
प्रतियोगितामा सबै वडाले मौलिक भाकामा पुराना गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

भैलोमा मारुले, भट्याउने, पुर्सुङ्गे लगायत सबैको भूमिकामा भैलेनीहरुलाई नचाइएको थियो । स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि गाउँपालिकाले देउँसी–भैलो प्रतियोगिताको आयोजना गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता, उपाध्यक्ष सीता गिरीको स्वागत मन्तव्य तथा स्वास्थ्य संयोजक प्रेमलाल खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा