गुल्मी ।
मालिका गाउँपालिका वडा नम्बर ८ स्थित शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक शाखाले विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सोही वडाको थानपती निम्न माध्यमिक विद्यालयलाई एक सेट कम्प्युटर प्रदान गरेको हो । विद्यालयको आवश्यकता र माग अनुसार कम्प्युटर दिईएको शाखाका प्रमुख दिपक पाण्डेले बताए ।
सोमबार एक कार्यक्रमका बीच शाखा प्रमुख पाण्डेले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको विद्यालयका सूचना अधिकारी राजु पौडेलले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष देवीरामले बैंकलाई धन्यवाद दिए । बैंकको सहयोगले सूचना प्रविधि क्षेत्रमा टेवा पुग्ने सँगै विद्यार्थीलाई सिकाउन गाह्रो भइरहेको थियो ।
तर अब बैंकले कम्युटर दिएसँगै सिकाईमा सहज हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबि खड्काले बताए । कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी केसी, शिक्षा शाखाका सुरज जिसी, अभिभावक गजिन्द्र पौडेल, सन्तोष पौडेल सहित विद्यालयका विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।