बासुदेव पोखरेल
मंसिरको चिसो बिहान थियो। घरभरि चहलपहल थियो। सबैका मुखमा एउटै कुरा—मेरो बिहे। कोहीले केटीको फोटो देखाउँथे, कोहीले प्रशंसा गर्थे। कोहीले पढ्दै गरेकी, कोहीले जागिरे, त कोहीले घरघडेरीसहितको कुरा उठाए। भाउजुहरूले त आफ्नै दिदीबहिनीको प्रस्तावसमेत ल्याइसकेका थिए। तर मेरो हृदयले यी सबै प्रस्तावलाई अस्वीकार गरिरहेको थियो। किनकि मेरा लागि ती सबै अनुहार केवल नाम मात्र थिए।
मेरो मनमा बस्ने मान्छे त पहिल्यै तय भइसकेकी थिइन्। उनका यादहरू यति गहिरो थिए कि अरू कुनै अनुहार र नामलाई स्वीकार गर्न म सक्दिनथें। हाम्रो कथा हाम्रो चिनजान फेसबुकबाट सुरु भएको थियो। उनका शब्द, पोस्ट, अनि सन्देशहरूले मलाई उनीप्रति झन् नजिक बनायो। केही समयमै फेसबुकबाट सुरु भएको कुरा फोनमा पुग्यो।
हामी घण्टौँ कुरा गर्थ्यौं, सानातिना सपना बाँड्थ्यौं। यौं, त्यही दिन मैले महसुस गरें—उनको हाँसो र सादगी मेरो हृदयमा गहिरो छाप छोड्दै थियो। त्यसपछि हामीले सँगै घुम्ने, समय बिताउने, र साना-साना कुरा बाँड्ने थियौं।
उनीप्रति मेरो विश्वास यति गहिरो थियो कि हामीले सँगै बाँच्ने र मर्ने बाचा गरेका थियौं। उनले मलाई भनेकी थिइन्, “तिमी र म सधैं सँगै हुनेछौं।” मैले पनि प्रतिवाद गर्दै भनेको थिएँ, “तिमीबिना म कुनै जीवन सोच्न सक्दिनँ।” अलगावको पीडा तर समय सधैं साथमा रहँदैन।
परिस्थितिजन्य बाधा र केही misunderstanding का कारण हामी टाढा हुँदै गयौं। हाम्रो संवाद घट्दै गयो। अन्ततः, एक दिन उनले मलाई फेसबुकबाट बल्क गरिन्। त्यो बल्क मेरो लागि केवल एउटा कार्य थिएन, यो मेरो भावनाको संसार भत्काउने घटना थियो। म दिनरात सोच्थें—के मैले केही गल्ती गरें? अथवा उनले आफ्नो जीवनका नयाँ बाटाहरू रोजेकी हुन्? तर मलाई थाहा थियो, उनी टाढा भए पनि, उनका यादहरू मेरो मनबाट कहिल्यै जान सक्दैनथे।
बिहेको प्रस्ताव र मेरो उत्तर घरमा बिहेको दबाब झन् चर्कियो। आमा, बुबा, दाइहरू सबैले मलाई सम्झाउने प्रयास गरे। कोहीले पढेलेखेका केटीको कुरा उठाउँथे, त कोही जागिरे केटीको। “अब बिहे गर्दा तिम्रो जीवन सहज हुनेछ,” आमाले बारम्बार भन्नुहुन्थ्यो। तर मभित्र केवल एकजना थिइन्—जो अहिले मेरो जीवनमा थिइनन्, तर मेरो हृदयमा सधैं उपस्थित थिइन्।
अन्ततः आमाले सोध्नुभयो, “तिमी किन बिहे गर्न मान्दैनौ?” मैले गहिरो सास फेर्दै भनेँ, “किनकि मेरो मनमा बस्ने रानीको ठाउँमा अर्को कोही आउन सक्दैन। उनका यादहरूसँगै यो जीवन बिताउन मलाई कुनै गुनासो छैन।” जीवनका बाँकी पृष्ठहरू आज पनि उनका सम्झनाहरू मेरो जीवनको हिस्सा छन्।
उनका हाँसो, बोल्ने शैली, र सँगै बिताएका ती पलहरूले मेरो हृदयलाई थामिराखेका छन्। “तिमी बल्क गर या टाढा जाऊ, मेरो मनको रानी तिमी नै हौ। तिमीलाई भूल्ने प्रयासमा मैले आफूलाई हराएँ। तर यो गुमाइमा पनि एउटा मिठास छ, किनभने तिमी मेरो हृदयमा सदैव बाँचिरहनेछौ। म कसैसँग बिहे गर्न सक्दिनँ, किनकि मेरा लागि तिमीभन्दा प्यारो कोही हुनै सक्दैन।”