गुल्मी ।
फोर्टिन स्टार युवा क्लवद्धारा आयोजित पाँचौ फोर्टिन स्टार कप–२०८१ को आज तेस्रो दिनसम्म क्वाटरफाइनलका सबै खेल सकिएका छन् । बिहीबार भएको खेलमा महेन्द्र माविले पृथ्वी माविलाई ५–३ गोलले पराजित गरेको छ । खेलको निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआटबाट नजिता निस्किएको थियो ।
त्यसैगरी रेसुङ्गा माविले भाडगाउँ माविलाई १–० गोल अन्तर, सिद्धबाबा माविले रिडर्स पब्लिक हाई स्कूललाई ३–१ गोल अन्तर तथा अन्तिम खेलमा जनसहयोग माविले उपल्लो तम्घास माविलाई पेनाल्टीमा हराउदैँ क्वाटरफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिताको चौथो दिन शुक्रबार क्वाटरफाइनलको पहिलो खेल भाडगाउँ मावि र महेन्द्र माविबीच बिहान ११ बजे चिदिचौर खेल मैदानमा हुनेछ । त्यसैगरी दोस्रो खेल सिद्धबाबा मावि र जनसहयोग माविबीच दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
खेलमा प्रथम र द्धितिय हुनेलाई क्रमश ः ३५ हजार र २५ हजारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र उपलब्ध गराइने क्लवका अध्यक्ष आचार्यले जानकारी दिए । क्लवले आफ्नो बार्षिकोत्सवको अवसरमा विगतका बर्षहरुमा पनि फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । गत बर्ष अर्जै मावि प्रथम र महेन्द्र मावि द्धितिय भएका थिए ।
गत बर्ष १९ वटा विद्यालय प्रतियोगितामा सहभागि भएका थिए । गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको आचार्यले जानकारी दिए ।