गुल्मी, १४ मंसिर ः गुल्मीको सदरमुकाम तम्घासस्थित चिदिचौर खेल मैदानमा चलिरहेको पाँचौ फोर्टिन स्टार कप, गुल्मी जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिताको फाइनलका लागि महेन्द्र मावि र जनसहयोग मावि भिड्ने भएका छन् ।
शुक्रबार भएको खेलमा महेन्द्र माध्यमिक विद्यालयले भाडगाउँ माध्यमिक विद्यालयलाई १–० गोल र जनसहयोग माध्यमिक विद्यालयले सिद्धबाबा माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल शनिबार दिउँसो ११ बजेबाट हुने आयोजक फोर्टिन स्टार युवा क्लवले जनाएको छ ।
खेलमा प्रथम र द्धितिय हुनेलाई क्रमश ः ३५ हजार र २५ हजारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र उपलब्ध गराइने क्लवका अध्यक्ष आचार्यले जानकारी दिए । क्लवले आफ्नो बार्षिकोत्सवको अवसरमा विगतका बर्षहरुमा पनि फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।
गत बर्ष अर्जै मावि प्रथम र महेन्द्र मावि द्धितिय भएका थिए । गत बर्ष १९ वटा विद्यालय प्रतियोगितामा सहभागि भएका थिए । गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको आचार्यले जानकारी दिए ।