गुल्मी ।
रोटरी क्लव अफ रेसुङ्गा गुल्मी सम्मानित भएको छ । शनिबार गुल्मीको रेसुङ्गा पार्कमा सम्पन्न रोटरी क्लव अफ रेसुङ्गा गुल्मीको बार्षिक साधारण सभा तथा रोटरी फोमिली गेट टुगेदर कार्यक्रममा रोटरी क्लव अफ गुल्मी रेसुङ्गालाई रोटरी क्लवका निवर्तमान केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले क्लवलाई विभिन्न विधाका चार अवार्ड प्रदान गरेका छन् ।
जसमा रोटरी डिस्टिक ३२९२ अन्तरगत रहेका एक सय ६२ मध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएकोले टप १० क्लव अवार्ड प्रदान गरिएको छ । त्यसैगरी २०२३–२४ rotary citation अवार्ड, गत बर्ष सदस्यता विस्तारमा गरेको महत्वपूर्ण भूमिकाको सम्मानस्वरुप ‘सदस्यता बृद्धि अवार्ड’ एवं विश्वभरबाट पोलियो उन्मुलनको लागि रोटरीले थालेको अभियानमा क्लवले गरेको सहयोगको सम्मानस्वरुप ‘कन्ट्रिव्युसन टु पोलियो प्लस अवार्ड’ बाट रेटरी क्लव अफ रेसुङ्गा गुल्मी सम्मानित भएको हो ।
चारवटै अवार्डहरु 100 % Contribution to the Rotary Foundation Award RI district 3292 का Immediate Past District Governor राजेन्द्र प्रसाद ध्वजूले रोटरी क्लव अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरीकुमार श्रेष्ठलाई प्रदान गरे । उनले रोटरी क्लव अफ रेसुङ्गा गुल्मीले गरेको सामाजिक क्षेत्रमा गरेको कार्य निकै प्रशंसनीय भएको भएको भन्दै आगामी दिनमा पनि थप सफलताको शुभकामना व्यक्त गरे । रोटरी क्लव अफ गुल्मी रेसुङ्गाले जिल्लाका विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।