गुल्मी । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा काँग्रेसनिकट नेपाल विध्यार्थी संघबाट सुदिप खत्री सभापतिकाे उम्मेदवार बन्ने भएका छन् । बिहीबार बसेकाे नेविसंघ जिल्ला कार्य समितिकाे बैठकले खत्रीलाई सभापतिकाे उम्मेदवार बनाउने निर्णय गरेको हाे ।
खत्री क्याम्पसकाे स्ववियुका वर्तमान सचिव समेत हुन् । उनी केहि दिनपहिले नेविसंघ गुल्मीको सचिवमा मनाेनित भएका थिए । गुल्मी जिल्लाभर स्ववियुमा एमाले निकट अनेरास्ववियु र काँग्रेसनिकट नेविसंघबीच चुनावी तालमेल भएको छ ।
जसअनुसार रेसुङ्गा बहुमुखी क्याम्पसकाे सभापतिमा खत्रीले उम्मेदवारी दिने भएका हुन् । रेसुङ्गा बहुमुखी क्याम्पसमा चैत्र २ गते शनिबार मनाेनयन दर्ताको कार्यक्रम रहेको छ ।