spot_imgspot_img

खत्रीको नेतृत्वमा रेसुङ्गा क्याम्पको स्ववियु

गुल्मी ।
रेसुङ्गा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सुदिप खत्रीको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको छ । शनिबार नेविसंघका खत्रीको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको क्याम्पसका निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए ।

रेसुङ्गा बहुमुखी क्याम्पसमा काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अनेरास्ववियू (क्रान्तिकारी)ले सर्वसम्मत रुपमा स्ववियुको नयाँ नेतृत्व चयन गरेका हुन् । जसअनुसार उपाध्यक्षमा अनेरास्ववियुका बिनिता कार्की, सचिवमा अनेरास्ववियुका निशान टन्डन, सह–सचिवमा पनि अनेरास्ववियुकै मुनाल अधिकारी तथा कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अनेरास्ववियू (क्रान्तिकारी)का प्रियकां पन्थी, सागर सुनार, अमृता विश्वकर्मा, अनेरास्ववियुबाट अस्मिता सदा, सन्तोष भण्डारी, तथा नेविसघंबाट शुशिल पन्थी, अनिता पाण्डे, खुम बहादुर खत्री, सुस्मा पन्थी र विशाल पाण्डे निर्वाचित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा