गुल्मी ।
त्रिभुवन विश्वविद्यालयअन्तरगतका गुल्मीका पाँच क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सर्वसम्मत नेतृत्व निर्वाचित गरिएको छ । काँग्रेसनिकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) को सहमतिमा सर्वसम्मतीमा नेतृत्व चयन गरिएको हो ।
जिल्लामा सबैभन्दा धेरै विद्यार्थी भएको रेसुङ्गा बहुमुखी क्याम्पसमा नेविसंघबाट अध्यक्षमा सुदिप खत्री र कोषाध्यक्षमा विश्वास बञ्जाडे तथा अनेरास्ववियुबाट उपाध्यक्षमा बिनिता कार्की, सचिवमा अनेरास्ववियुका निशान टन्डन र सह–सचिव मुनाल अधिकारी निर्वाचित भएको निर्वाचन अधिकृत गोपाल प्रसाद पण्डेले जानकारी दिए ।
क्याम्पसमा अखिल (क्रान्तिकारी)बाट तीन जना सदस्य निर्वाचित भएका छन् । चन्द्रकोट क्याम्पसमा नेविसंघबाट अध्यक्षमा प्रदिप नेपाली र कोषाध्यक्षमा प्रतिमा कार्की, अनेरास्ववियुबाट उपाध्यक्षमा सपना सापकोटा, सचिवमा आरती शर्मा, अखिल (क्रान्तिकारी)बाट सह–सचिवमा भावना थापा सर्वसम्मत भएका छन् ।
त्यसैगरी जनज्योती क्याम्पसमा नेविसंघबाट अध्यक्षमा गंगा पन्थी र सह–सचिवमा अनिषा थापा, अनेरास्ववियुबाट उपाध्यक्षमा कविता महतरा र सचिवमा मनिषा केसी तथा अखिल (क्रान्तिकारी)बाट कोषाध्यक्षमा मीना सेन सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत ढाल बहादुर राउतले जानकारी दिए ।
दिगाम आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट उषा पाण्डे, सचिवमा नेविसंघबाट लक्ष्मी सुनवानी तथा कोषाध्यक्षमा अनेरास्ववियुबाट एलिसा न्यौपाने सर्वसम्मत भएका छन् । सत्यवती बहुखुमी क्याम्पसमा विद्यार्थीहरुले जमुना ज्ञवालीको अध्यक्षतामा स्वतस्फूर्त रुपमा स्ववियुको गठन गरेका छन् । जसमा उपाध्यक्षमा रिता ज्ञवाली, सचिवमा अस्मिता न्यौपाने, सह–सचिवमा ममता भण्डारी तथा कोषाध्यक्षमा मौसम ढकाल निर्वाचित भएका छन् ।