जीवन पोखरेल
–“जन्मभूमि”
पिता टिकाराम पोखरेल र माता कमला पोखरेलको तेस्रो एवम् कान्छो छोराको रुपमा मिति २०५८÷०१÷०२ गते जैसिथोक साविक वडा नं.४ मा मेरो जन्म भयो । यो स्थान हालको गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं.४ मा पर्दछ । दिदि र दाईको भाई, बाबा मम्मीको कान्छो सुपुत्र हजुरआमाको प्यारो नाति चिनामा भोजराज भएपनि जिवन मेरो नाम रहन गयो । साहुको भन्दा व्याजको माया भनेजस्तै गरी दिनुभएको स्वर्गीय हजुरआमाको माया अझै स्मरणमा छ ।
“ऐतिहासिक अवस्था”
हजुरबुबा परलोक भएको धेरै वर्ष भएको रहेछ । अङ्कल चुरामणी पोखरेल भारतको राजस्थानमा कामको सिलसिलामा धेरैजसो बसाई उही हुन्थ्यो । २ फुपुदिदि आ–आफ्नो घरगृहस्थी सम्हाल्नुभएको थियो । मेरो बाबा पनि रोजगारकै सिलसिलामा भारतको करनालमा हुनुहुन्थ्यो । उहाँकै कमाईबाट हाम्रो रोजगारी चलेको थियो । घरमा लगभग १÷२ वर्षमा मात्र आउनुहुन्थ्यो । यता म जन्मेको घरमा भने प्यारालाइसिसले समातेको ६० कटेकी हजुरआमा, प्राणप्रीय माता, एक दिदि र एक दाई र म गरी पाँच जनाको स्थायी बसोबास थियो ।
“शिशुअवस्था”
बिरामी हजुरआमा, घरको सारा जिम्मेवारी सम्हाल्नुभएको मम्मी र म भन्दा ५ वर्ष जेठी दिदि जमुनाले सकेको हेरचाह पु¥याउनु भएकै थियो । दाई हुमाकान्त र मेरो २ वर्षको मात्र अन्तर थियो । मम्मी मेलापात जाँदा दिदिले नै बोकेर डुलाएको अझै सम्झना छ ।
“बाल्यकाल”
स्वभावैले केटाकेटी उमेर खेल्न रुचाउने, समय बितेको पत्तो नपाई खेलिरहने गर्दथे रे । आफ्नो उमेर समूहका नजिकका दौतरीहरुसँग अलि बढी रमाईलो मान्थे । वि.सं.२०६२ सालमा पाञ्चायन मा.वि. को कक्षा शिशुमा भर्ना गरिदिनुभएछ । कालो पाटी हातमा लिएर जान्थ्यौँ । म्याडम भगवता पोखरेलले चक दिएपछि ‘क’ लेख्न सुरु गरी औपचारिक रुपमा विद्यालय प्रारम्भ गरेको थिए ।
घर मास्थिर अशोक पोखरेल (दाई) र म घर खेल्ने पनि र स्कुल जाँदा आउँदा पनि लगभग सँगै हुन्थ्यौँ र असाध्यै मिल्थ्यौँ पनि । १ वर्षपछि कक्षा १ मा प्रवेश गरियो । कक्षा शिक्षक सायद रोमाकान्त पोखरेल सर हुनुहुन्थ्यो । वार्षिक परीक्षामा अलि कम नम्बर आयो रे ! यो वर्ष रोके पनि राम्रै हुन्छ भन्ने सल्लाह दिनुभयो रे ! सोहीबमोजिम मम्मीले पुन ः १ कक्षामै भर्ना गरिदिएपछि कक्षा दोहो¥याएर २ वर्ष १ कक्षामा पढे र वार्षिक परीक्षामा प्रथम भई २ कक्षामा पुगे ।
कान कम सुनेजस्तै अनुभूति भएपछि मम्मीसँग कहिले तम्घास त कहिले बुटवल पनि धाउनुपरेछ । यत्तिकैमा मास्थिर बुबासँग भारत गई मेरो बाबाले एउटा हस्पिटल लगेपछि थोरै शुल्कको औषधी दिएर कानेगुजी निकालिदिएपछि पूर्ण रुपमा निको भई घर पठाउनुभएको थियो । यता वार्षिक परीक्षा पनि भइसकेको रहेछ । एकैदिन सबै विषयको परीक्षा दिएर पनि सबैभन्दा धेरै नम्बर ल्याएको रहेछु ।
तर यता नतिजा पनि सार्वजनिक भइसकेको थियो । यता घरमा अर्म–पर्म, मेलापात गरी समयमा खाना खुवाएर विद्यालय पठाउने र विद्यालयबाट घर फर्कदा खाजा तयार गर्ने अभिभारा मम्मीले लिनुभएको थियो । केही सन्चो हुँदा हाम्रो हेरचाहमा पनि ख्याल गर्नुहुन्थ्यो हजुरआमा । दिदि र दाईको होमर्क गर्दा पाएको सहयोगले नै तुलनात्मक रुपमा जान्ने विद्यार्थी हुन थाले । नजानेको कुरा भयो त तुरुन्तै दिदि खोज्दै गई सिक्थे । विद्यालयमा पनि सर, म्याडमहरुको उत्तिकै माया पाएको थिए ।
“पाञ्चायन मा.वि.मा अध्ययनको समय”
सानै छँदा कहिलेकाँही प्रथम, नत्र द्धितीय, तृतीय सम्म हुन्थे । कक्षा ४,५ मा पढ्दा खेत रोपाई गर्न गएर अबेर रात परेपछि मम्मी घर आएको सम्झना आउँछ । घरको मात्रै भए पो ! सबै पर्म गरी गर्दा धेरैदिन मेलामा जानुपथ्र्यो । त्यस्तै कामको बेलामा थोरै भएपनि राहत होला भनी १ महिनाको छुट्टिमा बाबा घर आउनुहुन्थ्यो, छुट्टी सकिन्थ्यो र पुनःफर्कनुहुन्थ्यो रोजगारकै सिलसिलामा भारत करनाल ।
टिका भएकै वर्ष पनि बाबासँग दशैँ–तिहार सँगै भएर खासै मनाईएन । हाम्रो विद्यालयको खर्च, उपचार खर्च, घरखर्च, पहिलाको ऋण थुप्रै जिम्मेवारी थिए–मेरो बाबा माथी । कहिले घर, बङ्गालो मर्मत साहुको ब्याजमाथि ब्याज सायद यस्तै यस्तै परिस्थितिले होला ऊ बेला परिवार सबै सँगै भएर दशैँ मनाउन नपाएको ।
बाबाको यही परिस्थिति सम्झदा नेपालमै स्वरोजगार हुनुपर्छ भन्ने कताकता मनमा पलाउथ्यो । आफूभन्दा ठूलालाई प्रणाम गर्दा बाबु डाक्टर भए ! बाबु मास्टर भए ! यस्तै यस्तै आर्शीवाद पाउँथे । सायद ५ मा पढ्दा हजुरआमा परलोक हुनुभो । म पनि अलि ठूलो हुँदै गए । दाई र दिदिले छुट्टीमा मम्मीलाई मेलापातमा सहयोग गर्थे । ६–७ मा पढ्दा खाना पकाउन सक्थे । बिहान बेलुका थोरै घरको काम अनि विद्यालय ।
कक्षामा प्रतिस्पर्धा हुन थाल्यो, जान्ने समूहको । यद्यपी मेरो प्रतिशत बढे पनि चौथो, पाँचौ स्थानसम्म पुग्न प¥यो । तर सानोमा भन्दा प्रतिशत बढ्दो क्रममा कायमै थियो । तारा अर्याल सर ! उहाँको कविता भन्ने लयले लठ्ठै पाथ्र्यो । सजिलो तरिकाबाट व्याकरण सिकाउनुहुन्थ्यो, कक्षा ६ मा । त्यसपछि नेपाली विषयप्रति, कथा, निबन्धमाथी मेरो खुब चाख हुनथाल्यो । ७–८ मा रुद्रमणी पोखरेल सरले नेपाली पढाउँदा पनि खुबै रुची मानेर सबैभन्दा धेरै अङ्क ल्याउँथे । दाई वक्तृत्वकलामा रमाउनु हुन्थ्यो । लेखन सीप पनि थियो । दाईकै नक्कल गरी विद्यालयमा हुने निबन्ध, कथा र वक्तृत्वकला प्रतियोगितामा नियमित सहभागी हुन्थे ।
कक्षा ९ मा अप्सनल म्याथ कि अर्थशास्त्र गरी दुई ऐच्छिक विषय थिए । भाषिक विषयप्रति तिव्र रुचि थियो । अर्थशास्त्र पढेर धेरै नम्बर ल्याउने सोच आयो । सैद्धान्तिक विषयमा रुचि कम हुन थाल्यो । अर्थशास्त्रमै त्रैमासिक परीक्षामा २० पूर्णाङ्कमा १९, अर्धवार्षिकमा ३ घण्टामा ३३ पेज लेखी सबैभन्दा धेरै अङ्क आएको थियो । त्यस्तै नेपाली पढाउनुहुने चेतनारायण मरासिनी सर ! असाध्यै मिठो शैलिमा अध्यापन गर्नुहुन्थ्यो ।
जिज्ञासु भएर धेरै सोध्नुपर्छ भन्नुहुन्थ्यो । हाफ टाईममा पत्रिकामा पढेका कुरा पनि शब्दको अर्थ भनिदिनुहोस् भन्थ्यौँ । सोध्दा झनै खुसी हुनुहुन्थ्यो उहाँ । स्वभावैले कक्षा ६–१० सम्मको नेपाली र ९–१० को अर्थशास्त्रमा उत्कृष्ट अंक आएको थियो । बाबा भारत करनालमै । दिदि विवाहित घरमा, दाई स्नातक पढ्न तम्घास गएपछि कक्षा १० मा पढ्न घर मम्मी र म मात्रै भयौ ।
मेरो अन्तिम परीक्षा नजिक आउने बेला बाबा घर आई बस्नुभयो र पढाईलाई अलि समय पुग्यो । यद्यपि यहाँ उल्लेखित नभएपनि मेरो औपचारिक पढाई प्रारम्भ भएको पाञ्चायन मा.वि.का सम्पूर्ण गुरुहरुमा हार्दिक नमन व्यक्त गर्न चाहान्छु ।
वि.सं. २०७३ को एस.ई.ई
२०७४ असारमा नतिजा प्रकाशन भयो । ८१.२५% सहित ‘ए’ ग्रेडमा उत्तीर्ण भए । देशैभर अप्रावाधिक धारतर्फ २०७२ देखी लेटर ग्रेडिङ पद्धति कायम भएको थियो । कक्षा १० सम्मको पढाई पाञ्चायन मा.वि.मा बिट मारियो । अब भने… के पढ्ने होला ? के पढेर के होला ? कसलाई सोध्ने, के राम्रो हुन्छ होला ?
कताकता सि.एम.ए.सम्म पढ्न पाए त भन्ने रुचि पनि औधि जागेको हो । छिमेकी एकजना व्यक्तिसँग लिदा डाक्टर लाईन पढ्नु राम्रो होईन, भनेको समयमा आराम हुँदैन, रातदिन खट्नुपर्छ त्यसैले मेरी छोरी कमर्श पढाए भन्नुभो । उहाँको कुराले मनको डाक्टर बिलाएर निराश हुँदै बसे । के साँच्चिकै नराम्रो हो त……? निणर्य परिवर्तन गर्नैपर्ने हो त…..? मन दोधार थियो । डाक्टर सम्बन्धी पढ्नु कत्तिको गलत थियो, कि उहाँलाई थाहा होला…..टिम भगवानलाई थाहा होला ….उहाँले हालै आफ्नो छोरालाई एम.बी.बी.एस. ईन्ट्रान्स पढाउँदै हुनुहुन्छ । तर म त्यतिबेला उहाँबाट प्रभावित भई अन्य बाटो रोज्न खोजे….।
“तम्घासको बसाई”
घरमा मम्मी एक्लै, बाबा करनाल भारत ! तैपनि दाई र दिदिको सल्लाहमा शिक्षा शकांयतर्फ विज्ञान बिषय पढ्न तम्घास गए । दुईभाई बस्ने छुट्टीमा घर जाने । तम्घास जाने भन्दा कताकता मन फुरुङ्ग भयो । भने घरमा मम्मी एक्लै हुने भन्दा कताकता मन खिन्न भयो । उदिनढुङ्गाको बसाई ५ः४५ मा लाईन लाग्न जानुपर्ने ६ः०० बजेदेखि कक्षा सुरु । बिहान कम्तीमा ५ः३० मा हिँड्नैपथ्र्यो । ५ः०० बजे उठ्नैपथ्र्यो कलेज जान । यता घरको यादले निकै पोल्थ्यो ! मम्मी एक्लै के कसो गर्दै हुनुहुन्छ होला भन्ने तनाव आउँथ्यो ।

कताकता जिम्मेवारी बोके जस्तो अनुभूति हुन्थ्यो, म कहिले एउटा गन्तव्यमा पुग्छु होला ? जिन्दगीमा के गर्ने होला ? भन्ने सोच्थे । सिद्धबाबा गयो विज्ञानका विषय अङ्ग्रेजीमा पढाई हुने, नेपालीमा नभन्दिएसम्म आफूले केही बुझिदैनथ्यो । ६–१० कलेजपछि १०ः३० लगभग हुन्थ्यो रुममा आउँदा पकाउन सुरु ग¥यो अनि खाना खादा ११ः३० कम्तिमा पनि हुन्थ्यो । बिहान खाजा कहिले खाईन्थ्यो, कहिले खाईदैनथ्यो । दाईले पत्रकारिता पेसा सुरु गर्नुभएको थियो । दाई बिहान कतै न कतै जान पथ्र्यो धेरैजसो म खाना बनाउँथे । थोरै धेरै आम्दानी दाईको पनि हुन्थ्यो ।
दुईभाईको केही खर्च पु¥याउनुभएको थियो । कक्षा ११ मा पढ्दा ११÷१२ को प्रतिस्पर्धामा वक्तृत्वकलामा द्धितीय भए । नत्र निबन्ध र १२ मा वक्तृत्वकलामा जहिले प्रथम हुन्थे । छिमेकी विद्यालयको आयोजना भयो भने मलाई पठाउनुहुन्थ्यो । त्यस्तै कक्षा ११ बाट १२ मा जाँदा शिक्षा संकायबाट प्रथम भएको थिए । कक्षा १२ मा पढ्दा दिउँसो १–४ सम्म टिचिङ १ महिना गरियो र लगतै ६ महिने कम्प्युटर कक्षा पनि पढ्न थाले ।
कक्षा ११ मा भरत श्रीस सरले बडो रोमान्टिक र साथित्व तरीकाले पढाउनुहुन्थ्यो । त्यस्तै कक्षा १२ मा अनिवार्य अङ्ग्रेजी टिका खड्का सरले पढाउनुहुन्थ्यो । उहाँले कक्षा प्रवेश गरे लगतै हरेक दिन करिब १० मिनेट मोटिभेट कुरा गराउनुहुन्थ्यो । थोरै तर बुझाएर कोर्ष अघि बढाउनुहुन्थ्यो । मलाई लाग्थ्यो उहाँलाई रिस उठ्दैन । हाँसी हाँसी बडो मज्जाले रुचि लाग्ने तरिकाले सिकाउनुहुन्थ्यो । तर कहिले रिस उठिहाले तपाई भनेर पनि गाली गर्नुहुन्थ्यो । त्यस्तै अन्य शिक्षकहरु डोर विक्रम श्रीस, युवराज अर्याल, विष्णुराज गिरी, शान्ति म्याम, रवि घर्ती लगायत सबै सबै शिक्षक शिक्षिका ज्यूहरुमा हार्दिक आभारी छु ।
२०७६ श्रावण मा ७२.२५% सहित कक्षा १२ पनि उत्तीर्ण गरियो । कक्षा १२ को परीक्षा वैशाखमै सकिएको थियो । त्यसपछिको समय घरमै बितेको थियो । बाबा पनि मैले १२ मा पढ्दा २०७५ को तिहारमा आएदेखि घरमै हुनुहुन्थ्यो । घरको तनाव केही हदसम्म कमै थियो । पुरानो ऋण, बङ्गालो, घर बनाउँदा, पढाई र उपचारमा लागेको सबै रकम तिरेर भ्याईसक्नुभएको थियो बाबाले । बाँकि काम निर्वाहमुखी थियो । बाबाले २७ वर्ष भारतमा बिताउनुभयो ।
बाबाको त्यही सङ्घर्षलाई बुझेर मैले पनि केहि गर्नुपर्छ भन्ने भित्री आँट आउँथ्यो । रिजल्ट कुर्नपरो भन्ने भयो, घर बस्दा कहिलेकाँही सम्पर्कमा आउँदा बोका÷खसी, साना पाठा किनबेच गर्न निकै रहर जाग्यो । कहिलेकाँही १ दिनमै रु.१००० सम्म पनि नाफा गरेको थिए । भर्खर १८ वर्षे मान्छे ! कहिले धेरैजसो खाली कहिले ५००, १००० मेरो लागि त त्यो निकै ठूलो कुरा थियो, आम्दानीको हिसाबले ।
श्रावण अन्तिम तिरको कुरा हो, २ वटा ठूला बोका किन्न गए, अर्कोदिन तम्घास लगि १ वटा बुच्चरमा काट्न पठाउँदा निकै घाटा सहनुप¥यो र अर्को पनि त्यही छोडे आफूले किनेभन्दा निकै कम मूल्यमा । आजसम्म ४–५ हजार लिएको नाफा पनि त्यही बराबर भयो । मन खिन्न भयो । कहिलेकाँही पैदल घाममा हिड्दा सोच्थे, म पनि यो देशमा सरकारी जागिर खान पाए……। टक्क कुर्सीमा बसिरहेको हुन्थे होला यतिबेला । तर कहिले कसरी त्यो सपना पूरा हुने हो थाहा थिएन । उक्त व्यापार घाटापछिको केही समय बुटवलमा मार्केटिङ गरी बिताए ।
“स्नातक अध्ययन गर्न बहुमुखी”
कक्षा १२ को नतिजा आएको पनि धेरै समय भईसक्यो । कताकता नपढम कि भन्ने नि हुन्थ्यो, यो मन धेरै अस्थिर, चञ्चल र गञ्जागोल थियो । “कक्षा १२ को नतिजासँगै आएको हलचल” शीर्षकमा लेख नै लेखेको थिएँ । त्यो मेरै जीवनमा भएको वास्तविक यथार्थ थियो । दाईले कहाँ पढ्छस रोज भन्नुभो । मन झन दोधार भयो ।
कहाँ पढेर के हुने ? कुन विषय पढ्ने ? त्यो अध्ययन अङ्ग्रेजीमा हुन्छ रे भन्ने सुन्दा स्नातकमा द्य।भम कअष्भलअभ पढ्ने मन पटक्कै थिएन । विषय परिवर्तन गरी कुन पढ्ने फेरी ? के पढेर के हुने ? लौ…………स्कोप छ रे …..विज्ञानको स्नातक भनी विज्ञान शिक्षा नै पढ्ने निधो गरियो । त्यसका लागि बुटवल बहुमुखी क्याम्पसमा भर्ना भई बुटवल गोलपार्क बसियो, कोठा खोजेर ।
नजिक नजिक आफन्तहरु हुनुहुन्थ्यो कहिलेकाँही भेटघाट हुन्थ्यो । मामाकी छोरी दिदि र भान्जा भान्जी नजिकै एउटै घरमा मेरो पनि छुट्टा एउटा कोठा थियो । धेरैजसो खाना एकैठाउँ पाक्थयो र सँगै खान्थ्यौँ । पकाउन, खान त्यस्तो समस्या भएको थिएन ।
एकपटक भर्ना शुल्क बुझाए अन्य कुनै शुल्क बुझाए अन्य कुनै शुल्क बुझाए अन्य कुनै शुल्क बुझाउनु नपर्ने बुटवल बहुमुखी क्याम्पस । विज्ञान शिक्षा संकायमा यताबाट गएको म एक्लै…..। कक्षा ११÷१२ का साथीहरु विष्णु, पुष्कर र भेकमान निरन्तर सम्झनामा आउँथे । २०७६ को मंसिरदेखि कक्षा सुरु हुने भनियो बुटवल बहुमुखीमा । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथी …।
सबै हाहा…. र होहो….. का डन पल्टिने, रमाईलो मात्रै खोज्ने, कलेजमा पनि शिक्षकहरु खोज्न जान पर्ने, पढाई नियमित नहुने, कताकता खल्लो थियो । पढाई बिहान १०ः१५ देखि ३ः३० सम्म थियो । दिन बित्थ्यो । धेरैजसो विद्यार्थीहरु त्यही आसपास वा कक्षा १२ बुटवलतिरै पढेका रहेछन् । एकजना साथी भेट्टिए गुल्मी धुर्कोट नयाँगाउँकै । सधैँ एउटै बेन्चमा सँगै बस्न थाल्यौँे । उनीसँग रोल्पाका साजन पुन मगर र उनी स्वयम् मनोज जि.सी. सँगै बस्न थाले ।

साजनसँग सँगै पढ्ने गिर ब.के.सी.सहित हामी चार जनाको दोस्ती खुब जम्थ्यो । कलेजमा सजिलो विषय नेपाली, फाउन्डेशन पढाई भए भित्रै नजाने बाहिर बल खेल्ने, घाम ताप्ने, अप्ठ्यारो विषयमा पनि त्यति जाँगर नदिने । बिदा भएपछि रुम आएर साँझपख पुनः मिलेर बल खेल्न, हाटबजार र वरिपरि सँगै घुम्ने ।
त्यस्तै मसँग कक्षा १० सम्म सँगै पढ्ने साथी कमल खत्री र उहाँका रुममेट सुमन खड्कासँग पनि धेरैजसो भेटघाट, गफगाफ हुन्थ्यो । जैसिथोक, तम्घास १२ कक्षा पास गरी बहुमुखी झरेका अन्य संकाय अध्ययन गर्ने साथीहरुसँग पनि चिनजान, भेटघाट हुन्थ्यो ।
“विना तलबको जागिर”
बिहानमा कक्षा हुने साथीहरु दिउँसोमा धेरैजसोले जागिर गर्थे । हाम्रो त दिउँसो कलेज कतिबेला काम गर्ने । समय नै नमिल्ने । तैपनि जब लिङ्क धाई धाई ५०० को फर्म भरी एउटा कम्प्युटर इन्स्टिच्युटमा बिहान ६ः००–१०ः०० को कम्प्युटर सिकाउने काम पाईयो, तलब रु.५,००० तोकिएको थियो । अर्कोदिन काममा गए, मङ्सिरकै अन्तिम तिरको कुरा हो ! १ हप्ता ट्रायल भन्नुभो त्यो पनि हुन्छ भने ।
गएँ, १ हप्ता कट्यो, के भयो भन्नुस भने, आउँदै गर्नुस हेर्दै छु भन्नुभो । मैले सोचे “म सेलेक्ट भए” तर त्यो रहेनछ । विचरा ! म सोझो निरन्तर काममा गए । टाईपशाला, होम, इन्सर्ट ट्याबका कुराहरु सिकाईरहेको थिए । २५–२६ दिनभन्दा बढी भयो, तलबको कुरा गरे…..तपाईलाई ‘सेलेक्ट नै गरेको छैन’ हेर्दै छु अझै के को तलब ? लौ खत्तम मुखमा अकबरी खुर्सानी हालेजस्तो भयो । फेरी सोचे, १ हप्ता भनेर किन यत्रो समयसम्म किन भन्नु भएन ?
ठिकै छ, तलब नै पाउने भए तपाईको पौष १ गतेदेखि दिन सुरु हुन्छ, आउनुहोस् भन्नुभो । बिजुली चम्कदा तर्सेको कुकुरको अनुभूति गरे । के विश्वास ? के आधार… पौषको तलब माघमा दिने १ महिना फ्रि सेवा …..के भर ? के ग्यारेन्टी पैसा आउँछ नै भन्ने ? निकै नरमाईलो अनुभूति भयो । मन मिल्ने साथी सँग गुनासो गरे, गैयो पारिश्रमिक माग्न तर दिईएन…..। निकै दुःख लाग्यो ।
त्यसैदिन सरकारी जागिर खाएर महिनैपिच्छे तलब आउने गराउन मन लाग्यो । तर के गर्नु… एकैछिन पिरलो मात्र भयो । १÷२ दिनपछि पुनः साथीहरुसँग घुलमिल गरी मनलाई सान्त्वना दिन थाले । पौष १५–माघ १५ फेरी १ महिना जाडो बिदा । पुनः घर आएर बुटवल गएँ । कताकती बुझिन्थ्यो । कोर्ष ३०–४० प्रतिशत पढिएको थियो । चैत्र ४ गते मोटरसाईकलको लाईसेन्स ट्रायल पास भएको थियो । चैत्र ११ देखि लकडाउनको सूचना आयो । कोरोना भाईरसको सन्त्रासले चैत्र १० गते नै खाजाखाज भई पुनः घर आईयो ।
“कोरोना भाईरसको सन्त्रास र लकडाउन”
पूर्ण रुपमा बसेर खानपर्ने हुँदा व्यापारीहरुको सामान बिग्रने, बिक्रि नहुने तथा घाटा सहनुपथ्र्यो । तर सरकारी कर्मचारीको महिना पुगेपछि अवश्य तलब आएकै थियो । यो पोईन्टले पनि सरकारी जागिरे चाँहि हुनुपर्ने रहेछ भन्ने सोच आउँथ्यो । असार–श्रावणमा दुरी कायम गरी टोलटोलमा पढाउने सूचना आयो–विद्यार्थीलाई ।
सहरबजारतिरका स्कुल÷कलेजमा अनलाईन कक्षा दिन थालियो । हाम्रै पनि सुरु भयो । जहाँपायो त्यहाँ नेट नचल्ने, थोरै एम्बीले नपुग्ने, पैसा धेरै काट्ने, घर कामको समय पर्ने इत्यादी कुराले अनलाईन कक्षा मेरो लागि प्रभावकारी भएन । सहरबजारतिर सङ्क्रमणको निकै डर थियो । गाउँघरतिर भने तुलनात्मक रुपमा कम डर थियो । रुघाखोकि, ज्वरो आए त कोरोनाकै शङ्का हुन्थ्यो ।
उता बुटवलबाट घरबेटीको फोन आउन थाल्यो । घरमा बसेपनि बुटबलको घरभाडा बुझाइयो । भाद्र महिना तिर कोठा खालि गर्न पठाईएको बल्ल । किनकि अझै निश्चित थिएन कहिले कलेज खुल्ला, यात्रा सहज होला भन्ने । कहिले लकडाउन खुल्ला ? सानोतिनो प्राईभेट जागिर नै नगरी त भएन । सबैको अवस्था त्यस्तै थियो ।
“मनोजसँगको बसाई”
साथी मनोजसँग बस्ने साजन पुन मगर रोल्पातिरै आर्मीको तालिम गर्ने रे ! बुटवल नआउने । मनोजको प्रस्ताब आयो सँगै बसम भन्ने म पनि सहस्र स्वीकार गरी २०७७ मंसिर २३ गते सगरमाथाको उचाई नापेको दिन ८,८४८.८६ हँदाको दिन देखि एउटै कोठामा बस्न थाल्यौँ ।
बिहान ८ बजेदेखी साँझ ९ बजेसम्म काममा जानुहुन्थ्यो मनोज । बीचमा १२–१ बजेसम्म खाना खान छुट्टी । दिउँसो उतै नास्ता दिन्थ्यो अरे ! मासिक ९,००० त्यै पनि पहिलो महिनाको ४०% जव लिङ्कलाई दिने शर्तमा किराना पसलमा काम गर्थे । साँझ आउँदा खेत जोतेर आएजस्तो फिल (अनुभव) हुन्थ्यो ।
घरबाट सुन्दा फलानोको छोरो बुटवलमा जागिर गर्दै पढ्दै गर्छ रे ! भन्दा राम्रै सुनिन्थ्यो तर त्यो जागिर गर्दै पढ्दै भन्ने कतिसम्म सम्भव हुन्छ गर्नेलाई, भोग्नेलाई मात्रै थाहा हुन्छ । दिउँसो कलेज थियो । म कलेज जान्थे । साथी काममा, आउँदा थाकेर आउने, कतिबेला पढ्ने ?
“जागिर पाउन सङ्घर्ष”
बिहान साँझका काम पाईएमा म पनि गर्ने सोचमा थिए । कति खोजे पाईएन । गाउँकै एकजना दाई पर्नेसँग भेट भयो । अनुरोध गरे । हुन्छ फोन गर्छु पनि भन्नुभयो । १ हप्तापछि फेरी फोन गरे हुन्छ आउ दिउँस १ बजे ट्राफिक चोक अन्तरवार्ता हुन्छ भनेर । गएँ, १–४ बजेसम्म फोन हान्दै बसे मोरिकाट्टे फोन उठाएनन्, चिसो–चिसो मौसम थियो कठ्याङिग्रएर बसे । झुक्याउनुसम्म झुक्काए । पुनः फर्के कोठातिरै ।
लकडाउन अघि नै बाईकको लाईसेन्स थियो । लाईसेन्स भएपछि मार्केटिङ काम पाउन निकै सजिलो हुन्छ रे ! भन्थे के को सजिलो होस । बुटवलका पसलेले भएका कामदार समेत निकालेर बसेका थिए । अन्त के मा काम पाउनु न सिप छ न त डिग्रि छ ? पाईए मार्केटिङ हो त्यै व्यापार छैन, यस्तो उस्तो मान्छे राख्न नखोज्ने !
भएका मान्छे ठिक्क छौँ भन्ने, न त गाउँछिमेकबाट गएका आफूभन्दा अग्रजको सहयोग ….सहयोग पनि कसरी होस् उहाँहरुकै हालत उस्तै थियो । खर्च त पु¥याउनुहुन्थ्यो होला दाईले तैपनि म आफै केही गर्ने हो चन्ने हुटहुटीका साथ जागिर खोज्दै धाएको थिए ।
“सुमन खड्कासँगको सामिव्यता”
कक्षा ११÷१२ पढ्दादेखि नै प्राईभेट जागिर गरी अध्ययन गरेका खड्का कोरोना पछि काम छोडेर बसेर लोकसेवा पढ्ने विचार गरेछन् । मेरो पनि खुबै ईच्छा थियो, उता दिदि स्थायी शिक्षक म पनि सरकारी सेवा प्रवेश गर्नपर्छ भन्ने हुन्थ्यो । साँझपख सुमनसँगको भेटले मनमा परिवर्तन आयो । भोलिपल्ट गएर टंक के.सी.को सामान्य ज्ञान किनियो । भित्रैदेखि पढ्ने, जागिर खाने इच्छा थियो तर सुरुवात इत्ति पनि थिएन ।
सुरुवातको बिन्दु थिए त–खड्का । अर्कोदिन किताब किनेको । उनले भने १ वर्षमात्रै लष्ट हुने हो, केही बिगरिन्न । द्य।ब्। पढ्नुस् भर्ना हुम लोकसेवा पढम । घरतिर सोधे दाई, दिदिलाई । भो स्नातक गरेत त्यतै स्कोप छ भन्नुभो…..हवस् भने । केहिदिन आफै पढ्ने आफै छलफल गरी पढ्ने गरी रुटिन पनि बनाईयो ।
तर १ चोटि मात्र लागू भयो । आयोगको इन्स्टिच्युटमा कक्षा लिन जाम भने सुमनले १८–२० हजार भन्दो रहेछन् नाम निस्कन्छ त्यहाँ पढेर भन्ने के ग्यारेन्टी ? त्यो पनि हुन्न भने गईन पढ्न । आफै स्वअध्ययन गर्ने बरु अर्को वर्ष जाम्ला भन्दै बसे । दिउँसो कलेज पनि जाने अल्छी लाग्ने ! आँखा टोपले जस्तो १–२ घण्टा नपढ्ने छोड्ने टिकटक बनाउने । झण्डै १ वर्ष भएछ किताब नछोएको किताब छोप्यो त टाउको दुख्ने ।
“फेरी जागिरकै आश”
साथीले जागिर गर्ने म त्यत्तिकै…. सोच्थे । सानोतिनो त गर्नैप¥यो भनी पुनः पढाई फुर्सद हुँदा मात्र गर्ने भनी जागिरतिरै लपेटिए । तम्घास छँदा चिनजान गरेको अर्घाखाँचीको रामप्रसाद खनाल दाईले एउटा काम लगाईदिनुभयो । त्यो काममा व्यवस्थापक धुर्कोट रजस्थलका । अन्नपूर्ण पत्रिकाको मार्केटिङ काम ।
समय दिउँसो १२–२ः०० बजे तलब मासिक रु.४,००० जम्मा जाने आउने समय गरी ३ घण्टा डुले पुग्थ्यो । हाम्रो साहुको बडो रोचक शैली थियो । फोन गर्ने भाई यस्तो भयो, उस्तो भयो ? यो काम भएन यतिबेला यहाँ जानपर्ने भन्ने साह्रै गाली जो गर्ने, काममा गएपछि भेट भएपछि सर नमस्ते ! भनेसी मुसुक्क हाँस्ने । कत्ति पनि केही नभन्ने, भेटमा नभन्ने फोनमा गाली शैलीमा जवाफ दिने उहाँको बानी । २०७७ को माघदेखि उक्त काममा लागेको थिए ।
सुमन खड्काकै सल्लाहमा होम ट्युशन सम्म पढाउने भन्दै विभिन्न ठाउँमा फर्म भर्ने, सम्पर्क गर्ने गरेका थियौ । नभन्दै एकठाउँ पाईयो । बिहान ७ः०० बजेदेखि ८ः०० सम्म त्यही गोलपार्क १ जनालाई पढाउने मासिक २,५०० मा । ९ः०० बजे खाना खाने केहीबेर आराम ११ः०० बजेतिर काममा निस्कने साईकलमा कहिलेकाँही ३ः०० बज्ने । हाम्रो घरमा बस्ने एकजना बाबुलाई तिम्रो समय अनुकुल मिलाई दिनको २ घण्टा हेरिदिनु÷पढाउनु भन्नुभो ।
हुन्छ भने साँझपख उस्लाई पढाउने । रात पर्छ, पकाउने खाने सुत्ने । साथी जत्तिकै व्यस्त भए । पढिहाले ३० मिनेट १ घण्टा बढीमा । ३ महिनापछि फागुन लाग्ने बेला ३,००० बढि पाउने समय कम भएको १०–६÷७ः०० बजे सम्म मार्केटिङमा साथी मनोज लाग्नुभो । उनी कोठामा आउने बेला यस्सो किताब भर्खरै छोपोको हुन्थे ! ओहो ! यिनले बरु पढेका छन् यार ! मैले पढ्न पाईन । थोरै समयको बरु ७–८ हजार कमाउने भएपनि आफूलाई खर्च चल्ने मात्रै काम गर्थे नि भन्थे ।
यता म फुल टाईम व्यस्त जस्तै थिए । डेढ महिनापछि होम ट्युशन पढाएको बालकको परिवार लमजुङ जाने भयो रे त्यहाँ जानुपरेन । बाँकी घरको बालकलाई पढाउने र दिउँसो साईकलमा कुद्ने त छँदै थियो । आफ्नै साईकल हुनुपर्ने, बिग्रिएनि आफ्नै खर्चले बनाउनुपथ्र्यो । विशुद्ध तलब मात्रै । लगभग २ महिना पुग्ने बेला बल्ल अघिल्लो महिनाको तलब आउँथ्यो । छि ! जिन्दगी जे गर्न नि गारो ! न लगातार पढ्न सकिन्छ ।
काम गर्यो तलब आउन धेरै कुर्नुपर्ने । बिहान बेलुका खानैप¥यो महिनापुग्दा बित्तिकै भाडा बुझाउनैप¥यो । कलेजमा भर्ना लगायत ठूलो खर्चमा दाईले पठाईदिहाल्नुहुन्थ्यो । कलेज जान ठ्याक्कै छोडेका थियौ । पूरै काममा व्यस्त । माघतिर दोब्बर दस्तुरमा बाग्मति प्रदेश पाँचौ तहमा फर्म भरेको राजस्व १४०० र फर्म ३०० खर्च गरी लहैलहैमा कताकती पढेर फागुन ८ गते हेटौडा परीक्षा दिन गए । प्रथम पत्र निस्कने कुरै भएन । काम गर्दा गर्दै नपढी परीक्षा दिने त्यैपनि टाढा कस्तो लफङ्गो जिन्दगी ।
“रुममेटको जवमा तालमेल”
श्रावणमा प्रथम वर्षको परीक्षा पनि दिईयो । यस अगावै दोस्रो वर्षको कोर्स भौतिक, अनलाईन गरी लगभग अन्तिममा पुगेको थियो । १०% भन्दा बढी सहभागी भईएन दोस्रो वर्ष पनि । मैले काम गर्ने ठाउँतिर एउटै काम साथी मनोजलाई पनि मिल्यो । मलाई भन्दा थोरै समय बढी लाग्थ्यो उनलाई ।
दुईजना सँगै साईकल कुदाउने, घाम खाने, श्रावण, भाद्रमा पानीको भर नहुने कतिबेला बाटोमै कुरेर अबेर रुममा आउने । जाडो सिजनमा दिमाग बढ्छ रे भन्दै बदाम लिउँथे मनोज । खुब रमाईला दिन थिए । यतिबेला भने २–३ घण्टा किताब हेरिन्थ्यो ।
“सरकारी जागिरमा प्रयास र असफल”
त्यही बुटवलबाटै हुने आयोगका परीक्षामा सहभागी हुने प्रथम पत्रमै सकिने । कहिलेकाँही नपढी नपढी दास्रो पत्रमा सहभागी भईएको थियो । उता भारी संख्यामा लुम्बिनी प्रदेश वन रक्षकमा गइयो । जिन्दगीमा कहिल्यै नदौडेको मान्छे दौड पास+फिजिकल सबै पास गरी लिखितमा फालिए । सशस्त्र प्रहरी (असई ) मा छाती नपुगेर, प्रहरी सहायक निरीक्षकमा पनि छाती + तौलले साथ नदिएर र सुदुरपश्चिम प्रदेश वन रक्षक लिखितमा फेल गरी असफलहरु थपिन लागे ।
किनकि प्रयास नै बल्ल थियो त । बिहान बिहानै उठेर दगुर्ने, डाईटिङ खानु, लिखित पढ्नु, दिउँसो जवमा जाने घरतिरको सम्झना गर्दै दुई साथी कुरा गर्दै बस्थ्यौँ । एउटा कुरा फेरी याद आयो, लुम्बिनी प्रदेश वन रक्षकमा जाँदा तौल ४७ के.जी. थियो । जाँघेका गोजीमा १,१ के.जी.का ढक र पछाडि गोजीमा गोलो ढुङ्गा राखी गएको थिए, प्रहरीले जाँघे त छामे, मन झसङ्ग भयो तर गोजी लामो थियो, पत्तै पाएनन् ।
मन निकै डराएको थियो । देशभर भाईरल हुन बेरै लाग्ने थिएन । बेरिङ पास भएर बाहिर आउँदा बरर हर्षका आँसु आए, लिखित पास भएजस्तो गरी……।
“घाममा पसिना बगाएर कमाएको पैसा हराउँदा”
दशैको घटस्थापना नजिकिदै थियो । अघिल्लो महिनाको तलब पनि आएको थियो । दिउँसो कामबाट फर्किदा बुटवल हाटबजारमा दुई कुर्सी, दुई टुल किनी पैसा बुझाई साईकलमा बाने । रुममा आउँदा पर्स नै छैन । बुटवल बहुमुखीको आई.डी. कार्ड त थियो, ३,००० जति नगद पैसा सहित पसल वा बाटोमा कहाँ खस्यो, पत्तो पाईएन । प्रहरीकोमा गयौँ । को माथी शङ्का छ ? भन्नुभो, त्यत्तिकै भन्न भएन बाटोमै कहाँ खस्यो ? भने खै ! कोही इमान्दार भए त देलान् भन्नुभो अरु जाँगर मो¥यो, के गर्न सकिन्थ्यो र ? न हाँस्न सकिन्छ न रुन….।
“करारमा सरकारी जागिरे”
फेरी सम्झे, उही सुमन खड्का…केही कुरा चित्त नबुझे झनक्क रिसाई पनि हाल्ने चित्त बुझे सबै काम गर्न तयार आफ्नो फर्म भन्दा मलाई नि सम्झे “हुन्छ” भरिदिनुहोस भनेको थिए । नभन्दै नाम आएछ, “जनगणना” को “गणक” मा । गाउँमा कताकति हल्ला भयो, के मा नाम निकालेर आयो र ? आफूलाई निर्धक्क भन्न अफ्ठ्यारो लाग्थ्यो, जाबो १ महिने जागिरे….सोच्थे म । पूर्कोट तालिम प¥यो । घरै बसी साविक ४,५,६ गणना गर्ने जिम्मा मेरो प¥यो । त्यतिबेला मेरो + आफ्नो गरी सम्हालेका थिए साथी मनोजले ।
“क्याम्पसको राजनीतिले तान्दा”
स्वभावैले दाईको नामबाट सङ्गठनका ठूलाठूला दाईहरुले चिन्थे मलाई । दाई अनेरास्ववियु (क्रान्तिकारी) सचिव पदको उम्मेदवार रेसुङ्गा बहुमुखीबाट । मलाई पनि क्याम्पस आउनु भन्दै फोन गर्दै बहुमुखीमा । दिउँसो कलेज पढ्न जान पाईदैन, काममा जाँदा बिहान यस्सो पढ्न बस्यो फोन आउने, ल तिम्रो संकायको कतिजना विद्यार्थी हाम्रो पक्षमा छन्..इत्यादि लगायत मलाई पनि राम्रैसँग नशा बन्न खोजेको थियो त्यो विद्यार्थी राजनीति ।
टायर बाल्ने, पुत्ला जलाउने, क्याम्पसमा ज्ञानपत्र, मागपत्र भन्ने, हल्ला गर्ने, रमाईलो गर्ने अरु के चाहियो…..तर रुम आउँथे सम्झन्थे होईन, पढ्न पर्छ ।
“२०७८ माघबाट काम छोड्ने निर्णय”
भाई….राम्रोसँग गर्ने भए गर नत्र अर्को मान्छे खोज्छु…यस्तै २÷३ पटक भन्नुभयो । बानी नै त्यस्तै ! भेटमा मिठो बोल्ने केही नभन्दै । काम गर्दागदै जस नदिएको अनुभव भयो….। खेज्नु न त त्यसो भए भनिदिए फोनबाट लगत्तै १ महिना नहुँदै काम छोडे । टिउसन पढाउन पनि छोडेको थिए ।
अप्ठ्यारो पर्दा दाई, दिदिसँग मागिहाल्छु भन्ने आँट थियो । २ दिन यत्तिकेै बसे धेरै सोचे, अनि गएँ लगइनमा ना.सु.को क्लास लिन । आई.क्यू.मात्रै पढ्न खोजेको मिल्दैन भन्नुभो । १४,००० बुझाए । डेढ महिना पढियो, कोर्ष सकियो, बाँकी रिभिजन १०÷१५ दिन पछि गरौँला भन्नुभो । फेरी दोस्रो वर्षको गणित ट्युशन त्यही समयमा बी.सी. आई.मा भयो । ध्यान सरकारी जागिरमा जान थालेको थियो, म्याथमा पटक्कै जाँगर गरिएन ।
त्यैपनि जति जाँगर लाग्छ, रुममै बसी पढ्ने गरियो । साथी अझै काम गर्दै थिए । म बसेर पढ्को देख्दा फेरी उनलाई पनि काम छोड्न मन लागेको थियो । म टोटल्लि कामविहिन मात्र अध्ययन भनी बसेको थिए, २०७८ फागुनबाट ।
“साथीको जोश, शिक्षकसेवा आयोग”
यता हुन्न, उता हुन्न मेरो जत्तिकै लगभग धेरै प्रयास साथीले पनि गरेकै हुन् तर प्रिय मनोज साथीको शिक्षक सेवाप्रति निकै रुचि, उत्साह आँट थियो । जसरी पनि अब खुल्ने अध्यापन अनुमतिपत्र नाम निकाल्नुपर्छ भन्नमा थिए । २०७९ वैशाख ३ गतेको ना.सु. प्रथम पत्रमा घडी नहुनाले समय व्यवस्थापन गर्न सकिन त्यसैले उत्तीर्ण पनि भईएन मेरो पनि अध्यापन अनुमतिपत्रको विकल्प रहेन । मनोज लाईसेन्स क्लास लिन लगइन पुगे, म भने कहिलेकाँहीको शनिवार १००, १५०० तिरी परीक्षा दिन मात्र गए । क्लास लिन नगए पनि मनोजकोजति नम्बर ल्याउँथे र एकचोटी प्रथम भई डायरी उपहार पाएको थिए ।
“मन्त्रालयको पुरस्कार”
बोल्न असाध्यै रुचि राख्ने म, एउटा सूचना पाए क्याम्पसबाट चलानी बनाई शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय गए । ३–४ दिनपछि १५ गते २०७९ जेठ १५ मा क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगिता थियो, गिर ब.के.सी.लाई साथी लगी कार्यक्रममा गईयो । सान्त्वना पुरस्कार रु.३,००० सम्मानपत्र सहित मुख्यमन्त्रीबाट सम्मानित भइयो ।
“अनुमतिपत्र पहिलो सफलता”
२०७९ श्रावण २८ मा पाठ्यक्रम परिवर्तन सँगै वस्तुगत मात्र ५० उत्तीर्णाङ्क थियो । तौलिहवा केन्द्र प¥यो, ३ जनाको । म मनोज र साजन अरु २ जना थप गरी कार रिजर्व गरी रु.१००० मा २८ गते बिहान नै गएर आउने गरी आईयो । गिर ब.को दाङ थियो । फलस्वरुप ४ जनाकै नाम आयो । अलि खुसीपूर्ण दिन थियो ।
“फेरी म्यादी प्रहरी”
फेरी साथीहरुको लहैलहैमा म्यादीमा हानियो । १ दिन पनि अभ्यास नगरी म्यादीको फिजिकल उत्तीर्ण र लिखित अन्तर्वाता उत्तीर्ण गरियो । दशैमा घर आएको बेला नतिजा आयो । पुनः बुटवल गईयो र २ दिन म्यादिको तालिम गरे आउँदा थकाई लाग्यो पढ्न नसकिने यसपाली पहिलोपटक खरिदारको प्रथम पत्र निस्केको थियो ।
मैले सोचेथे ६–८ घण्टा ड्युटी बाँकी समय पढिन्छ । ४० दिनमा झण्डै ५०,००० कमाईन्छ । तर भने जस्तो सजिलो के होस् । साथी मनोज र साजन गए म्यादीमा म भने छोडेर बसे । केहीदिन बसेर पढे, फेरी बाबा–मम्मीको खेतारा नपाउने खर काट्ने सिजन सम्झे तिहार पनि आउन लाग्यो फेरी आए घरतिरै ।
“शिक्षक भनेर उभिदा”
मेरो सहोदर दिदि सुत्केरी बिदा पछि केही समय सट्टा शिक्षक पढाउने चिसो मंसिरको महिना आराम गर्ने हुनुभो । दिदिको विद्यालय, हिमालय मा.वि.मा विज्ञान नि.मा.वि कोटा खाली । मलाई सहस्र स्वीकार गर्ने कुरा भयो र कात्र्तिक २२ देखि दिदिकोमा गई बसे । ६,७,८ साईन्स, अङ्ग्रेजीमा र ९,१० अर्थशास्त्र पढाउन भन्नुभो स्वीकार गरे । साथै मिहिनेती र कामप्रतिको लगाव देखेर १ महिना पढाएपनि खादा, प्रशंसा पत्र र मायाको चिनोले सम्मान गरियो ।

“दृढ सोच र पुनः बुटवल”
पौषको जाडो बिदामा घरमै सामान्य ज्ञान तयारी पछि पुन ः बुटवल नै झरे । मनोज यतिबेला बुटवल नै थिए । हाम्रो ४ जनाको टिम अन्त कतै सेलेक्ट नहुनाले गन्तव्य एउटै थियो–शिक्षक सेवा । अध्यापन अनुमतिपत्र केवल कागज रहेछ कि…कहाँ जाने पढाउने…भनेको बेला, चाहिएको बेला नपाईने, त्यैपनि पावर र पहुँच चाहिने । जसरी स्थायी पड्काउने भन्दै नि.मा.वि.द्धितीय पत्र पढ्न थाल्यौँ । फर्म खुल्दा बित्तिकै । प्रथम पत्र १०–१२ दिन हेरियो ।
“साजनसँगको छलफल र प्रभावकारीता”
जेठ महिना आउनै लागेथ्यो, रुटिन बनाईयो २ जनाले । शिक्षाले झुक्याउने रैछ भन्ने नि.मा.वि.ले देखाएको थियो । सामान्यज्ञानलाई ४–५ दिन मात्रै राखेर शिक्षाका एकाई बाँडेर बिहान साँझ आफै पढ्ने दिउँसो निद्रा लाग्ने समयमा छलफल गर्ने निर्णय गरियो ।
सोहीअनुसार बिहानभरी आफै पढ्ने ११ः०० बजे खाना खाई १२ः०० बजेभित्र साजन बस्ने ठाउँ होस्टेल गई एकअर्कालाई पढाउने, सोध्ने, कन्फ्युजन कुराहरु कम्पेयर गरी पढ्ने, खट्नै नसके ३० मिनेट म सुत्थे । लगत्तै प्रथम पत्रको परीक्षा आयो, साजन, गिरको दाङ प¥यो । म, मनोज र भिनाजुके तिलोत्तमा एउटै स्कुल । असार १ मा नतिजा आयो ।
“सम्भावना र लगाव”
साजनको द्धितीय पत्र पास नम्बर ल्याए पनि प्रथम पत्रले तान्छ, सम्भावना राम्रै छ । उनको दाजुले त्यतै फोकस गर, प्रा.वि. भन्नुहुन्छ तर उनलाई स्नातक तेस्रो वर्ष रेगुलर कटाउन मन छ, असार २४ साउन ६ सम्म तेस्रो वर्षको परीक्षा छ । असाध्यै गर्मिले आत्तिएर मनोज, म पनि जेठ २५–२६ मा घर आएका थियौ । मनोज ५,६ गतेतिर र म ९,१० गतेतिर बुटवल गएका थियौ । यतिबेलासम्म तेस्रो वर्षको किताब पढ्न सुरु गरिएको छैन ।
लुम्बिनी प्रदेशको समग्र प्रथम पत्रको नतिजा १४,१५% मात्रै थियो । गुल्मी जिल्लाको २०% थियो । पासको तुलना गर्दा लुम्बिनीमा अधिकतम गुल्मी जिल्लामा पास भए । मेहनत नगरम यो चरणसम्म दुःख गरी आईएको छ, मेहनत गरौ कुनै आश छैन । ३५ मिलाउने पनि धेरै छन् हाम्रो जस्ट पास । साथीहरुबिच कुरा हुन्थ्यो, साजनको सम्भावना छ, मनोज, जीवनको कुन्नि । तर जीवनलाई आँट आउँथ्यो लेखन शैली हो, द्धितीय पत्र त सकिएला कि भन्ने ! बाँकी समयको प्रतिक्षा ।
“परीक्षाको अनुभव”
१२ गते नै दाङ पुगियो । १० वटा १०,१० पूर्णाङ्कका प्रश्न । त्यसमा पनि जोडेर सोध्ने । प्रश्न निकै व्यवहारिक तर घुमाउरा अङ्ग्रेजीबाट अप्ठ्यारो गणित सजिलो तर झुक्काउने इत्यादी अनुभव लिइयो । पहिलो प्रश्नको उत्तर लेख्दा ३० मिनेट हुन लाग्यो । मन आत्तियो स्पिड बढाए । २ घण्टा भयो अझै ५० पूर्णाङ्कको लेख्न बाँकी छ । ५ मिनेट बाँकि छ घण्टी लाग्न अङ्ग्रेजीको प्रश्न बाँकी छ । घण्टी बज्यो, पहिलो बेन्चमा म । कपी थुत्न थाल्नुभो । लाष्टतिरबाट उठाउनु भने, कसरी आँट आएछ…..?

“नतिजाको चिन्ता र सागर पन्थी”
परीक्षा त दिईयो, परीक्षा दिएजति सबैलाई नाम आए हुन्थ्यो भन्ने छ, कहिले आउला ? कस्तो आउला ? विगतका दिनमा जस्तै असफल पो भईने होकि ! हुनत, बल्ल पहिलोपटक न दिए प्रा.वि.कसरी सम्भव होला र कुनै अनुभव छैन ।
हामी बसेकै घरको छतमा सागर पन्थी आउनुभो–लोकसेवा पढ्न । पढाईपनि उत्तिकै मेहनत र लगाव थियो, सागरको । गण्डकी प्रदेश पाँचौमा फर्म भरियो, थुप्रै जनाले तर त्यति आई.क्यू.पढ्न नभ्याएकाले परीक्षा दिनै गईएन । यो वर्ष ३ वटा फर्म भरेर परीक्षा दिन गएको थिएन म ।
“अनलाईन कक्षा र लेखन शैली”
औपचारिक आफूले पैसा तिरेर कक्षा लिइएन तैपनि भिनाजुले पढाईदिनुभएका प्रा.वि.अनलाईनका कक्षाहरु केही भिडियोहरु भने हेरिएको थियो । लेखन शैली, मौलिकतामा भने उही तारा सर, रुद्र सर र चेतनारायण सरले आधार बनाईदिनुभएको थियो । थप मेहनत, रुचि र लगाव थियो भाषिक लेखनमा मेरो । प्रा.वि.को त्यसरी पढिएको थियो बाँकि त समयको पर्खाई नतिजाको लागि ।
“नतिजाको करेन्ट र झट्का”
यस्सो फेसबुक हेरो, लौ नतिजा आउँदै छ रे ! यतिबेला आउँछ रे ! हावा हावा पोष्ट मन निकै अतालिन्थ्यो । मनोजले नाम निस्केनि नि हुन्थ्यो, हे भगवान भन्दै थिए । रुचि पनि अलि बढि थियो उनको । नभन्दै माघ २१ बाट तीन जिल्लाको नतिजा आयो प्रा.वि. को ।
अर्को दिन कुर्छौ गुल्मी आउला कि….आउँदैन फेरी कुर्छौ २–३, ४–५ जिल्लाको मात्रै नतिजा आउने १ दिनमा । घिटिघिटि हुने, मन आत्तिने, साँझ रुमभित्र मनोज म फुरी सुरु गथ्र्यौ उही रिजल्टको कुरा । मन झन झसङ्ग हुन्थ्यो । एकैदिन फ्याट्ट नआएर धैर्यताको परीक्षा लिने रिजल्टले पनि ।
सधैजसो ६–७ बजेभित्र नतिजा आउँथ्यो । माघ २६, ७ बजो आएन । ७ः३० भयो आएन, आज आउँदैन आए रातिसम्म आउला यस्तै भन्दै मनोज खाना बनाउन लागे, पाक्यो खाना खादै मोबाईल हेर्दै थियौँ । एकतिहाइ मेरो बाँकी नै थियो, मनोज सकिसक्न लाग्याथे । लौ, रिजल्ट आयो गुल्मी जिल्लासहित । हत्तपत्त सारे झ्याप्पै आफ्नो नाम हेरे देखे, पत्यार लागेन बाबाआमाको नाम हेरे । ओ ! गड धन्य !
“अन्तर्वाता”
मेरो लिखित आएको लगत्तै २,३ दिनपछि रोल्पाबाट साजनको पनि लिखितमा नाम आयो । मेरो नाम आउँदा पनि उनी म भन्दा खुसीजस्तो देखे भिडियो कलमा । उनको पनि नाम आयो निकै खुसी । उनको भैरहवा र मेरो दाङ फागुन २० गते मिति तोकियो । नयाँ सर्ट, पाईन्ट सिलाई प्रथम पत्र देखि द्धितीय पत्रसम्मका सबै पाठ्यक्रम सरसर्ती पढे । १९ गते साथी पदम सुनार उहाँका अङ्कल र म दाङ गइयो । अर्कोदिन २० गते दिउँसो १ बजे अन्तर्वाता थियो । लगभग धेरैजसो उत्तर निर्धक्क भई भने । हेरम नतिजा पो के आउँछ…..?
“मिहिनेतअनुसार सफलता तर चिन्ता”
हुनत, संसारमा खुसी र सन्तोषी कोही पनि छैन होला । ४ जनाको विभाजित २ टिम मनोज र गिर को म्याथमा उत्तीर्ण म र साजन प्रा.वि.मा । मिहिनेत अनुसार सफलता सबैलाई भयो तर जुन पक्ष कमजोर छ, त्यसको चिन्ता सबैजनालाई भयो ।
चैत्र २ गते, साँझ ७ बजे अन्तर्वातामा पनि नाम निस्क्यिो । निकै उत्साह पल । सङ्घर्षको सार्थकता ।
“पुनः गृहजिल्लातर्फ”
लकडाउन सहित जम्मा साढे ४ वर्षको बुटवल बसाईपछि डकुमेन्ट लिएर २२ गतेभित्र आउन जिल्लाले सूचना निकालेमा सोहीअनुसार २० गते तम्घास आए । २२–२४ तालिम साथै रेसुङ्गा भ्रमण र २५ गते स्थायी नियुक्तिपत्र बुझियो । जिल्लामा मेरो स्थान (¥याङिकङ) २५ थियो । पहिलो नम्बरमा रोजेकै पालिका आफ्नै धुर्कोट गाउँपालिका प¥यो र साँझ घर आइयो ।
“सर्वोत्कृष्ट खुसी प्रधानाध्यापकको फोन आउँदा”
चैत्र २६ गतेको कुरा हो, फोन आयो..हेलो …जीवन…..सर नमस्ते ! कता छौ ? घर आए सर ! ल कताबाट कसरी हुन्छ हाम्रै स्कुल रोजेर आउन पर्छ है ! ओ ! गड ! मेरो पहिलो रोजाइ नै त्यही थियो त । आफूलाई पढाएका गुरु वर्तमान प्रधानाध्यापक चेतनारायण मरासिनी सरको त्यसरी हाम्रो स्कुलमा आउ भन्दा मेरो हर्षको सीमा रहेन । आज खोज्ने व्यक्ति बनेछु भन्ने सानो अनुभूति गरे । निकै खुसी थिए सरले त्यसरी फोन गर्दा । चैत्र ३० गते पदस्थापनाको लागि गाउँपालिका बोलाईएको थियो ।
“घुम्दै फिर्दै फेरी पाञ्चायन”
वि.सं.२०७३ सालमा एस.ई.ई.गरेको विद्यार्थी चैत्र ३० गते स्थायी शिक्षकको रुपमा पुनः पाञ्चायन मा.वि.मा पदस्थापना ग¥यो, धुर्कोट गाउँपालिकाले । मेरो व्यक्तिगत रोजाई, नजिकको विद्यालय परिवारको रोजाई, प्रधानाध्यापकको चाहाना सबै पूरा हुन पुगे । उही विद्यालय पहिला विद्यार्थी र अब शिक्षक । यसरी २०८० साल पनि बिदाई गरियो ।
“पाञ्चायन मा.वि.को स्वागत”
वैशाख १ गते शनिवार थियो । २ गते म ठ्याक्कै २३ औँ वसन्त पार गरेको दिन । स्थायी नियुक्ती केही दिन अघि हुँदा २२ औँ वर्षमा नियुक्तीपत्र बुझिएको थियो । विद्यालय गएको पहिलो दिन २ गते, सबैजना सरहरुले बधाई तथा स्वागत भनिरहनु भएको थियो, साथै ल जन्मदिनको पनि शुभकामना भन्दै हुनुहुन्थ्यो । दिउँसो बाह्रमासे फूलको माला उनेर सबैजना शिक्षक स्टाफले अबिर माला सहित भव्य रुपमा स्वागत गर्नुभयो ।
