spot_imgspot_img

दुध उत्पादन बढाउन किसानलाई अभिमुखीकरण

हुमाकान्त पोखरेल, गुल्मी ।
गुल्मीमा दुध उत्पादन बढाउन किसानलाई अभिमुखीकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका सबै पालिकाका अगुवा पशुपालन गर्ने कृषकहरुलाई आइतबार, सोमबार र मंगलबार गरी तीन दिनसम्म अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाई÷भैसीँको खोर निर्माणबारे जानकारी गराइएको थियो ।

त्यसैगरी व्यवसायिक गाई÷भैसीँ पालनको महत्व, गाई÷भैसीँको स्थानीय तथा उन्नत जात र तिनका विशेषता, दुधालु गाई÷भैसीँको छनोट तथा सफा दुध उत्पादन, थुनेलो रोग लगायतको बारेमा जानकारी गराइएको थियो । सहभागिहरुलाई बरिष्ठ पशु विकास अधिकृत हुमकान्त पाण्डे, पशु चिकित्सक डाक्टर अनुज ज्ञवाली र डाक्टर नविना ढकालले प्रशिक्षण दिएका थिए ।

सहभागिहरुलाई दोस्रो दिन सोमबार विभिन्न ठाउँमा अवलोकन भ्रमण समेत गराइएको थियो । इस्मा गाउँपालिका–३ मा रहेको घाँस उत्पादन गर्ने ग्यालेक्सी कृषि फर्म र धुर्कोट गाउँपालिका–५ मा रहेको आविष्कार गाई फर्मको अवलोकन गराइएको छ । कार्यालय प्रमुख समेत रहेका वरिष्ठ पशु विकास अधिृकत पाण्डेका अनुसार किसानहरुलाई सैद्धान्तिक पढाईभन्दा व्यवहारिक ज्ञान बढी उपयोग हुने भएकोले अवलोकन भ्रमण गराइएको हो ।


अवलोकन भ्रमणपछि किसानहरु पनि खुसि भएका छन् । ‘फिल्डमै ल्याएर अवलोकन गराउदा घाँस उत्पादनबारे सिक्न पाएका छाँै ।’ तालिममा सहभागि रुरुक्षेत्र–५ का किसान मेघलाल गिरीले भने, ‘भेटेरीनरी कार्यालयले किसानको अनुभव समेत साटासाट गर्ने अवसर दिएको छ ।’ गिरीले गाई÷भैसीँ पालनमा घाँसको अन्त्यतै महत्व हुने भएकोले पशुपालन व्यवसाय सुरु गर्नुभन्दा पहिले घाँस खेती गर्नुपर्ने बताए ।

गुल्मीमा २१ लाख लिटर दुध उत्पादन
अध्ययनअनुसार एक व्यक्तिले बार्षिक ९१ लिटर दुध पिउनुपर्छ । गुल्मी जिल्लामा प्रति व्यक्ति ९०.२ लिटरका दरले दुध उत्पादन हुने गरेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेका अनुसार गुल्मीमा बार्षिक न्यूनतम दुई करोड २३ लाख ८६ हजार दुध उत्पादन आवश्यक पर्नेमा दुई करोड २१ लाख ८९ हजार दुई सय लिटर दुध उत्पादन हुने गरेको छ ।

गुल्मीमा सबैभन्दा धेरै रुरुक्षेत्र, सत्यवती र धुर्कोटमा दुध उत्पादन हुने गरेको छ भने मालिका, इस्मा र मुसिकोटमा कम उत्पादन हुने तथ्याकं छ । गुल्मीबाट दैनिक हजार लिटर दुध जिल्लाबाहिर निर्यात हुने गरेको छ । त्यसैगरी दुधबाट बनाइएका छुर्पी र पनिर पनि निर्यात हुने पाण्डेले बताए ।

जिल्लामा तम्घास, बलेटक्सार र रिडी दुध खपत हुने मुख्य ठाउँहरु हुन् । प्रायजसो सत्यवतीमा उत्पादन भएको दुध बाहिर निर्यात हुने गरेको छ भने धुर्कोट, अर्घाखाँची र तम्घासको दुध तम्घासमा बिक्री हुने गरेको छ । रुरुक्षेत्रमा मात्रै यो बर्ष सात सय लिटर दुध उत्पादन बढेको कार्यालय प्रमुख पाण्डेले बताए । ‘समग्रमा उत्पादन बढ्दो छ, अझ बढाउन लागिपरेका छौ ।’ पाण्डेले भने ।

सहभागिहरुलाई मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले प्रमाण–पत्र समेत वितरण गरे । कार्यक्रममा बोल्दै खत्रीले देशमा केही हुदैँन भन्ने निराशालाई चिर्न जिल्लाका अगुवा कृषकहरु सफल भएको बताए ।

‘विभिन्न समयमा किसानलाई आइपर्ने समस्यालाई न्यूनिकरण गर्न हामीले समन्वय गर्छौ ।’ खत्रीले भने, ‘तपाईहरु ढुक्क भएर उत्पादनमा लाग्नुस् ।’ उनले अब कृषि र पशुपालनबाट मात्रै परिवर्तन सम्भव भएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा