समाजसेवालाई हृदयको गहिराइदेखि नै आत्मसात गरी जीवनका दर्जनौं बसन्त पार गरिसकेपछि पनि युवा ताजगी र ऊर्जाका साथ समाजमा साधनस्राेत हरेक क्षेत्रमा क्रियाशील भएर अहोरात्र सेवामा समपिर्त हुने बुटवल का सामाजिक युवा अभियान्ता भरत के सि लाई धनमुडा चौर समाज बुटवलले सम्मान गरेको छ।
निस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन् अहिले परिस्थितिमा असल समाजसेवीहरु असाधारण भावना भएका खुल्ला दिलका मानव हुन् त्यसैले धनमुडा चौर समाजले शिक्षा ,स्वास्थ र खेलकुद कार्यक्रम सङ्गै युवाहरु लाई प्रेणा दिने हेतुले सम्मान गरेको समाजका अध्यक्ष देव थापाले बताउनुभयो।
विभिन्न संघ–संस्थामा आबद्ध बनी अग्रपंक्तिमा रहेर दिनरात निःस्वार्थ रुपमा समाजसेवामा लागेर प्राप्त गर्ने के हो भन्दा समाजसेवि के सि भन्छन्– आत्मसन्तुष्टी र खुशी । यहि दुई कुराको लागि मानवताको मैदान मा कुदिरहेको के सि भन्छन् ।
सम्मानित भए पछि के सिले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा धनमुडा चौर समाज बुटवलका अध्यक्ष देव थापा सङ्गै समाजका सबैलाई धन्यबाद दिदै अझै समाजसेवामा क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताए। कार्यक्रम मा के सि सङ्गै विभिन्न माध्यमबाट समाज परिबर्तन का निम्ति लागिपर्ने पत्रकार सहित दन्त चिकित्सक लाई पनि सम्मान गरेको थियो।