गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकामा गोला सहितको मौरिघार वितरण गरिएको छ । धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा जनबिकास केन्द्र द्वारा संचालित धुर्कोट कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तरगर्तको गोला सहित माहुरी घार बितरण कार्य सम्पन्न भएको हो ।
धुर्कोट गाउपालिकाको ७ वटै वटामा ५० वटा गोला सहितको माहुरी घार बितरण गरिएको छ । ५० प्रतिशत परियोजनाको लगानी र ५० प्रतिशत किसानको लगानी साझेदारीमा घार वितरण गरिएको थियो । माहुरी पालनको लागि पाइलोटिङको रुपमा माहुरी बितरण गरिएको थियो ।
गाँउमा बसाइँसराइ दर बढ्दो युवाहरू विदेश पलाएन भैरहेको बेलामा गाँउमा अन्यको तुलनामा माहुरिलाइ स्याहारसुसार कम गर्नु पर्ने भएको हुदा गोला सहितको माहुरी वितरण गरिएको परियोजनाका बजार सहजकर्ता विष्णु कुँवरले जानकारी दिए ।