गुल्मी ।
गुल्मी अस्पतालमा ‘पेन प्लस क्लिनिक’ कार्यक्रम सुरु भएको छ । नसर्ने रोगहरुको उपचारको लागि जिल्ला अस्पतालमा बिहीबारबाट सेवा सुरु भएको हो । यो कार्यक्रमअन्तरगत दम, सुगर, प्रेसर, मुटु, पाठेघरको क्यान्सर लगायतका बिरमी लाभाम्वित हुनेछन् ।
त्यसका साथै मुटुको भिडियो एक्सरे, डाइबिटिज, मुटुमा हुने प्वालहरु, मुटुको बाथरोग, बच्चाको हाइपरटेसन लगायतका बिरामीको लागि पनि पेन प्लस क्लिनिक कार्यक्रमले फाइदा पुग्ने पेन प्लस कार्यक्रमकी नसर्ने रोग विशेषज्ञ डाक्टर सन्दिपा कार्कीले जानकारी दिइन् ।
क्लिनिकको बिहीबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सेतो ग्राउनमा आएका सबै स्वास्थ्यकर्मीले बिरामीसँग राम्रो व्यवहार गर्नुपर्नेमा जोड दिए । ‘कतिपय स्वास्थ्यकर्मीमा केही न केही मात्रामा अह्मता भएको देखिन्छ ।’ उनले भने । त्यसका साथै उनले गुल्मी अस्पतालमा आवश्यक मात्रामा डाक्टर उपलब्ध गराउन पनि आफुले पहल गर्ने बताए ।
गुल्मी अस्पतालका निमित्त प्रमुख डाक्टर विभव वस्यालका अनुसार अस्पतालमा नसर्ने रोगहरुको लागि छुट्टै कार्यकक्ष रहेको छ । कोठा नम्बर १५ र २१ मा त्यस्ता बिरामीहरुको लागि सेवा उपलब्ध गराइनेछ । यस कार्यक्रमबाट कुल बिरामी संख्याको गणना हुने तथा बिरामी पुन उपचारमा आए÷नआएको समेत तथ्याकं राखिनेछ ।
यस कार्यक्रमलाई सफल बनाउनको लागि जिल्ला अस्पतालका स्वास्थ्यकर्मी तथा डाक्टरहरुलाई तालिम समेत प्रदान गरिएको छ ।