spot_imgspot_img

गुल्मी उध्धाेग बाणिज्य संघकाे अध्यक्षमा श्रेष्ठ विजयी

गुल्मी
गुल्मी उध्धाेग बाणिज्य संघकाे अध्यक्षमा मृगेन्द्र प्रसाद श्रेष्ठ विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिस्पर्धी रामप्रसाद पन्थीलाई १२० मतले पराजित गर्दै अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन् ।

कुल खसेकाे पाँच सय ३५ मतमध्ये श्रेष्ठले तीन सय २१ मत प्राप्त गरे भने पन्थीले दुई सय एक मत प्राप्त गरेकाे निर्वाचन अधिकृत विष्णु बलालले जानकारी दिए । कुल मतदाता पाँच सय ८५ मध्ये पाँच सय ३५ मत खसेको थियाे ।

निर्वाचनमा १३ मत बदर भएको थियाे । बाणिज्य संघमा अध्यक्ष बाहेक अरू सबै पदमा निर्विरोध पदाधिकारी निर्वाचित भएका छन् ।

जसकाे उपाध्यक्षमा इश्वरीप्रसाद बेलवासे, ताराप्रसाद भुसाल र गाेपाल प्रसाद पाण्डे, महासचिवमा चेतनारायण आचार्य, सचिवमा विष्णु अधिकारी, काेषाध्यक्षमा इश्वरी कडेंल तथा सह-काेषाध्यक्षमा कृष्ण खनाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा