spot_imgspot_img

लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा गुल्मी क्वाटरफाइनलमा

गुल्मी ।
लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा गुल्मी जिल्लाले पहिलाे खेलमै जित दर्ता गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको व्यवस्थापनमा साेमबार दाङकाे लमहीस्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा गुल्मीले अर्घाखाँची बिरूद्व पाँच विकेटकाे जित दर्ता गरेको हाे ।

गुल्मीीले टस जितेर अर्घाखाँचीलाई पहिले व्याटिङकाे निम्ताे दिएको थियाे । जसमा ८३ बनाउदैँ अर्घाखाँची १७.२ अाेभरमा सबै विकेट गुमाउँदै अलआउट भयाे । जवाफी व्याटिङमा उत्रिएकाे गुल्मीले १५.३ अाेभरमा पाँच विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्याे ।

गुल्मीका लागि सम्राट थापाले २९ बलमा २ चौकासहित अविजित २० रन जोडे । यसैगरी, लक्ष्मण घिमिरे ५ रनमा अविजित रहँदा बिक्रम गौतम १७ रन बनाएर सुप्रिम सुनारको बलमा बोल्ड भए ।

संगम न्यौपानेले ११रन, त्रिदेव कार्कीले १० रन, बिबेक भण्डारीले ८ रन बनाए । अर्घाखाँचीका मनोज भुसालले ३ विकेट हात पार्दा बाबुराम थापा र सुप्रिम सुनारले १–१ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ गरेको अर्घाखाँचीले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो । अर्घाखाँचीका लागि ओपनर विशेष भाटले सर्वाधिक ३६ रन बनाए । उनले ४० बलको सामना गर्दै ३ चौकाको मद्दतमा ३६ रन जोड्दै रनआउट भए ।

रोशन घिमिरेले ३० बलमा १३ जोड्दै त्रिदेव कार्कीको बलमा बोल्ड भए । अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । अर्घाखाँचीलाई सस्तैमा समेट्न गुल्मीका रामचन्द्र टण्डनले चार ओभर बलिङ गर्दै जम्मा ९ रन दिएर ६ विकेट लिए ।

त्रिदेव कार्की, सुरज सारु र प्रदीप भण्डारीले समान १–१ विकेट लिए । गुल्मीका लागि जीतको आधार तय गरेका ६ विकेट टेकर रामचन्द्र टण्डन प्लेयर अफ द म्याच भए । आफ्नो पहिलाे जीतसँगै गुल्मी क्वाटरफाइनल प्रवेश गरेको टिम म्यानेजर विनाेद केसीले बताए ।

गुल्मीले भाेली बर्दियासँग खेल्नेछ । गुल्मी क्रिकेट टिमका काेच नारायण आचार्यले सिमित स्राेत र साधनका बाबजुत पनि आफुहरूले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको बताए । उनले आफुहरूकाे ध्यान प्रतियोगिताकाे उपाधी जित्नेतर्फ केन्द्रीत रहेकाे बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा