spot_imgspot_img

राजावादीले कार्यक्रम गर्न पुस १ लाई रोज्नुपर्छ ः गगन थापा

हुमाकान्त पोखरेल
गुल्मी, चैत २६ ः नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादीले कार्यक्रम गर्नको लागि पुस १ गतेलाई रोज्नुपर्ने बताउनुभएको छ । मंगलबार नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले नेपालमा राजावादीहरुले कार्यक्रम गर्नको लागि पुस १, माघ १९ वा असौज १८ गतेलाई रोज्नुपर्ने बताउनुभएको हो । चैत २६ गते नेपालमा प्रजातन्त्र पुर्नबहाली भएको दिन मानिन्छ ।

यसै दिनलाई मध्यनजर गर्दै राजावादीहरुले काठमाडौंमा गरेको कार्यक्रमप्रति असन्तुष्ट व्यक्त गर्दै नेता थापाले अब राजावादीहरुलाई कार्यक्रम गर्ने दिन पनि आफुहरुको क्यालेन्डरबाट दिनुपर्ने बताउनुभयो । फरक प्रसङ्गमा नेता थापाले अहिले सरकारले गरिरहेको कामको गति नपुगेको बताउनुभयो ।

काँग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले महाराजधिराजलाई गद्धिमा राखेर मात्रै देश विकास हुन नसक्ने बताउनुभयो । ‘राजा सबैको साझा हुदैँनन्, तर गणतन्त्र सबैको साझा हुन्छ ।’ शर्माले भन्नुभयो ।

उहाँले देशमा राजाले आफुलाई पुर्नस्थापना गर्न खोजेको भए ०८४ को निर्वाचनमा श्रीपेच चुनाव चिन्ह लिएर चुनाव लड्न सुझाव दिनुभयो । गणतन्त्रकै कारण नेपालमा सभामुख, राष्ट्रपति जस्ता राज्यका सर्वोच्च निकायमा समेत महिलाले प्रतिनिधित्व गर्न सफल भएको बताउनुभयो ।–––

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा