गुल्मी ।
नेकपा (एकीकृत समाजवादी) गुल्मीको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले राममल्ल ठकुरीको अध्यक्षतामा ४१ सदस्यिय नयाँ जिल्ला कमिटीको गठन गरेको छ ।
जसको उपाध्यक्षमा कमला बराल, रामजी ज्ञवाली, सचिवमा बसन्त अधिकारी, उप सचिवमा सावित्रा भण्डारी, पिताम्बर पौडेल र सन बहादु बुचा लगायत अन्य सदस्यहरु रहेका छन् । कार्यक्रममा पूर्व मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी पूर्व मन्त्री रामकुमारी झाँक्री, पार्टीका गुल्मी जिल्ला इन्चार्ज परमेश्वर पोखरेल, नेता श्रीराम महत लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन निवर्तमान जिल्ला सचिव सुरेन्द्र कडेंलले गरेका थिए ।
कार्यक्रममा बढ्दो वैदेशिक रोजगारी, राजावादी प्रवित्ति, शिक्षक आन्दोलन लगायतका बिषयमा पनि बहस गरिएको थियो ।