spot_imgspot_img

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

हुमाकान्त पोखरेल
गुल्मी । गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको क्षति भएको छ । बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय एवं होटलको छाना उडाउनुका साथै विभिन्न सामग्रीमा गरी कुल ३६ लाख ४५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

हावाहुरीले कालिगण्डकी गाउँपालिकाका तीन, मालिकाका ११, धुर्कोट गाउँपालिकाका नौ, रुरु गाउँपालिकाका एक तथा रेसुङ्गा नगरपालिकाका दुई घरमा क्षति पु¥याएको छ । हावाहुरीले धुर्कोट गाउँपालिका वडा नम्बर –४ बर्बोटमा अरुण गैरेले संचालन गरेको सुपारी होटलमा पाँच लाखको क्षति भएको छ ।

होटलको छाना उडाउनुका साथै अन्य क्षति गरेको प्रहरीले जनाएको छ । गएराति चलेको हावाहुरीले मालिका गाउँपालिका वडा नम्बर ४ मा रहेको अर्खबाङ्ग माध्यमिक विद्यालयको कम्युटर ल्याब, शौचालय र पुस्तकालय भवनको छानो उडाएको छ । त्यसैगरी अर्खबाङ्गमै रहेको अर्खबाङ्ग कृषि तथा पशु सहकारीको छानो हावाहुरीले उडाएको छ ।

विद्यालयमा एक लाख ५० हजार तथा सहकारीमा एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजन भुजेलले जानकारी दिए । गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अहिलेको प्रारम्भिक तथ्याङ्क भएको र क्षतिको थप विवरण पालिकालाई पठाउन आग्रह गरिएको बताए । राहातको लागि पालिकालाई नै अनुरोध गरेको र अहिले तत्काल प्रशासनबाट कुनै राहतका कार्यक्रम नभएको गौतमले स्पष्ट पारे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा