spot_imgspot_img

बाणिज्य संघका कान्छा सदस्य

 गुल्मी ।
यही चैत २३ गते भएको गुल्मी उद्योग बाणिज्य संघको निर्वाचनमा मृगेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भयो । जसमा एकजना व्यवसायी २७ बर्षमै बाणिज्य संघको सदस्य भएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर १ निवासी बादल श्रेष्ठ नवनिर्वाचित कार्यसतिका सबैभन्दा कान्छा सदस्य हुन् ।

पुख्र्यौली पेशा नै व्यापार
श्रेष्ठको पुख्र्यौली पेशा नै व्यापार हो । उनका बुवा गोमराज श्रेष्ठले ५० बर्षअघि व्यवसायिक व्यापार सुरु गरेका थिए । आधिकारिक रुपमा ३५ बर्षअघि ‘गोमा एण्ड सन्स्’ नामको फर्मबाट गोमराजले व्यवसाय सुरु गरेका थिए ।

उनै गोमराजले पहिलो पटक तत्कालिन रारा चाउचाउको गुल्मी जिल्ला डिलर लिई व्यवसाय गरेका थिए । तत्कालिन समयमा बाग्लुङ्गसम्म पनि गुल्मीबाट रारा चाउचाउ बिक्री हुने गरेको थियो । गोमराज पनि गुल्मी उद्योग बाणिज्य संघको चार कार्यकालसम्म कोषाध्यक्ष भएका थिए ।

अहिले गोमराजका छोरा बादलले ‘न्यू सिद्धबाबा ट्रेडर्स’ नामको फर्मबाट आफ्नो व्यवसाय गरिरहेका छन् । हाल एम्.बी.एस्. प्रथम सेमेस्टरमा अध्ययनरत श्रेष्ठ आफु बाबाबाट प्रभावित भएर व्यापारमै लागेको बताए । ‘बुवाले व्यापारबाट आर्थिक उन्नतीसँगै समाजसेवा पनि गर्नुभएको हो ।’ उनले भने, ‘व्यवसाय भनेको व्यापारसँगै समाजसेवा पनि हो ।’ उनले आफ्नो नाममा बुटबलमा पनि फर्म दर्ता गरी व्यवसाय गरेका छन् ।

श्रेष्ठले हाल विभिन्न कम्पनीका चाउचाउ, बिस्कुट, साबुन लगायतका सामग्री विभिन्न ठाउँमा बिक्री गर्छन । जसको लागि उनले आफुबाहेक पाँचजनालाई रोजगारी समेत दिएका छन् । ‘गुल्मीका इस्मा र मालिकाबाहेक अन्य सबै ठाउँमा व्यापार हुन्छ ।’ उनले भने, ‘दुई पालिकामा पटके काट्नुपर्ने भएकोले सामान बेच्न गाहे हुन्छ ।’ उनले व्यवसायीले घरेलु लगायतका सरकारी कार्यालयमा पनि कर तिरेको र पुन पालिकामा पनि तिर्दा दोहोरो करको मारमा परेको बताए ।

अहिलेका कान्छो सदस्य श्रेष्ठ अघिल्लो कार्यकालमा पनि सदस्य हुन खोजेका थिए । तर कोरोनाका कारण नेपालमा बस्ने÷नबस्ने टुंगो नभएको कारण उम्मेदवारी दर्ता नै गरेनन् । ‘हामीले केही न केही परिवर्तन गर्नैपर्दोरहेछ ।’ बादलले भने, ‘मेरो प्राथमिकता युवाहरुलाई स्वदेशमै रोक्नु छ ।’

आफुले बाणिज्य संघमा प्रतिनिधित्व गरिसकेपछि व्यावसायीहरुलाई कर शिक्षाबारे ज्ञान दिने, बाणिज्य संघमा राजनीतिक गतिविधि बन्द गर्ने, पालिकास्तरमै उद्यमशिलताका कार्यक्रम संचालन गर्ने, कार्यालयलाई प्रविधियुक्त बनाउने जस्ता काम गर्ने योजना रहेको उनले सुनाए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा