spot_imgspot_img

कक्षा ८ को नजिता ः रेसुङ्गाका नौ विद्यालयको नजिता सत प्रतिशत

हुमाकान्त पोखरेल, गुल्मी ।
यस बर्ष संचालन गरिएको कक्षा ८ को परीक्षामा गुल्मीको रेसुङ्गा नगरपालिकाका नौ विद्यालयका विद्यार्थी सत प्रतिशत उत्तीर्ण भएका छन् । नगरपालिकाले प्रकाशन गरेको नजिताअनुसार नगरका २२ मध्ये नौ विद्यालयले सबै विद्यार्थी उत्तीर्ण गराउन सफल भएका हुन् ।

नगरका घोर्ले मावि, जनसहयोग मावि, बुद्ध मावि, जनविकास मावि, साउनेथुम मावि, सेउघा आधारभूत विद्यालय, आदर्श इङ्गिस बोर्डिङ स्कूल, लिटिरस्टार इङ्गिस बोर्डिङ स्कूल र ब्राइटर इङ्गिस बोर्डिङ स्कूलका सबै विद्यार्थी उत्तीर्ण भएका हुन् । कक्षा ८ मा रेसुङ्गा नगरका कुल छ सय ४७ विद्यार्थीले परीक्षा दिएकोमा छ सय १८ अर्थात ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिए ।

नगरपालिकाबाट २९ जना विद्यार्थीले कक्षा ८ को पुरक परीक्षा दिने शिक्षा शाखा प्रमुख पन्थीको भनाई छ । सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएमध्ये सबैभन्दा धेरै जनविकास माविबाट २५ जना र सबैभन्दा कम बुद्ध माविबाट पाँच जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

सत प्रतिशत विद्यार्थी गराएको घोर्ले माविका व्यवस्थापन समिति अध्यक्ष खुम बहादुर खत्रीले शिक्षक र विद्यार्थीको निरन्तर मिहीनेत तथा समुदायको सहयोगका कारण सत प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको बताए । उनले विगतका बर्षमा पनि घोर्ले माविको नजिता राम्रो आएको तथा विद्यालयको यो सफलतालाई अझ धेरै सुधार गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा