बसन्ता पोख्रेल, धुर्कोट १ गुल्मी ।
दिन भरको कामले थकित शरीर लाई अब आराम गर्न वेड पुगेकी थिए सधैं जसो फेसबुकका न्युज फीड स्क्रोल गर्दै गर्दा मेसेन्जर मा टिन्न मेसेजको घण्टी बज्यो । बसन्ता जी सरकारले बहुबिबाह मान्यता दिने मसौदा बनाउँदा पनि तपाईं हरेक कुरामा लेख्ने ,बोल्ने, आवाज उठाउने कुरामा महिला माथि नै महिला हिँसा हुने मस्यौदा हुँदा किन बोल्नु भएन ? केही त लेख्नु होस् न।
म एकछिन् मौन भए उक्त मेसेज देखेर ,मेरो पोस्टहरुमा कमेन्ट नगर्नेहरू पनि मेरो लागि र मैले केही बोलूँ भन्ने उहाँको त्यो मेसेज ले आज फेरि घासे केटी बनेर सरकार लाई केही प्रश्न सहित को चिठ्ठी लेख्न मन् लाग्यो । मेरा प्रिय पाठक मेरो सञ्जालमा स्थानीय सरकारका राजनैतिक दल देखि केन्द्र सम्म राजनीति गर्ने व्यक्तित्व हुनु हुन्छ ।
जिल्ला देखि सर्वोच्च अदालतमा न्यायको लागि कालो कोट लगाउनु भएका न्यायाधीश हुनु हुन्छ ,संचारकर्मी र विशेष मैले यी अक्षर लेख्न र बोल्नमा मलाई क्षमतावान बनाउने गुरुहरु हुनुहुन्छ । या भन्यौ मैले आदर सम्मान प्रेम स्नेहा गर्ने सम्पूर्ण । चिठी कसरी लेख्ने ,मैले लेखका कुरा सरकारका व्यक्ति सम्म पुग्छ या पुग्दैन मलाई थाह छैन ।
सबै राजनैतिक व्यक्ति गलत पनि छैनन्। चिच्याई चिच्याई जनताको पक्षमा बोल्ने संसदको कुरा नसुन्ने सरकार ले के म जस्ता घासे केटी को सुनला त ? अ ह सुन्दैन तर सुन्ने तपाईं जस्ता सामान्य नागरिक भोलि न्याय र सत्यको पक्षमा सधैं अग्रपंतिमा मा उभिन सक्नु हुन्छ भन्ने पूर्ण आशामा छु । तत्काल सञ्जालका र सञ्चारको माहोल तताउन लागेको समाचार हामी सबैलाई अवगत छ नै।
बहुबिबाह मस्यौदा तयार गर्ने क्रममा एक पटक नैतिक रूपमा कति सोच्नु भो मलाई थाह छैन । धरती जनती हो भने तपाईं पुरुष पनि त्यही आमाको कोख बाट जन्म लिनु भएको छ। सबै नारी दिदी बहिनी नहोलान् तर तपाईंको परिवारमा श्रीमती दिदी बहिनी पक्कै होलान् । आज तपाईंका छोरा विदेश पलायन हुँदै गर्दा फर्किएर आउँदा श्रीमती अर्कै संग पैल जाने समाचार दिनानु दिन बढ्दो छ ।
एउटी महिलाले अर्की महिलाको अधिकार खोस्ने कुरा आउँछ भने यस्तो मस्यौदा कुनै पनि हालतमा स्वीकार छैन । वर्तमान अवस्था लाई हेर्दा पर पुरुष सँगै अनैतिक क्रियाकलाप गर्ने महिला हरु छन् के ती सबै लाई श्रीमती मान्ने ? ठीक छ मानौं अब म प्रश्न गर्छु सरकार तपाईंकी संघिनी अर्कै संग प्रेम मा रहेर बच्चा जन्मियो भने तपाईं के गर्नु हुन्छ ? खाडी मा पसिना बगाउने पुरुष के गर्ने? हासो मजाक मिमी फरक कुरा हुन् ।
दुई बिहे गर्न पाइने भो भन्ने पनि देखिन्छ , के तपाईं आफू आफ्नो परिवारको दिदी बहिनी अर्धाङ्गिनी को त्यो अवस्था भोग्न तयार हुनु हुन्छ ? यदि हुनु हुन्छ भने देश भक्त देश प्रेम देश परिवर्तन र दीर्घकालीन सोच बुलन्द आवाज उठाउन संसद भवन मा पठाएका हरु कैले बहुबिबाह मस्यौदा र कहिले देह व्यापार भन्दै टेबल ठटायर मस्यौदा बनाउनु अघि छातीमा हात राखे र सोच्न आग्रह गर्छु के साँच्चै महिलाको हितमा कानुन र मस्यौदा बनाउनु भएको छ ?
छ भने मलाई जवाफ दिनु होस् निर्मला पन्थले न्याय पाइन्? कहिले न्याय पाउने हो? बेरोजगार र परिस्थितीले विदेश गएर आउँदा सम्पति र श्रीमती दुवै घरमा नभएका युवा हरुले कसरी न्याय पाएका छन्? निर्मला जस्ता सयौ बालबालिका असुरक्षित छन् हात जोडेर सहयोग मागी रहेका छन् खै सुरक्षा ? दुर्गम क्षेत्र मा सेनीटरी प्याड के हो ? कसरी प्रयोग गर्ने हो ? थाह नपाएर आज धेरै महिला पाठेघर जस्तो संवेदनशील अंगको क्यान्सर पीडित छन् ?
प्रेम सम्बन्ध मा रहेर बच्चा जन्माउँदै बच्चाको भविष्य भन्दै हात जोड्ने लाई न्याय होइन जनचेतना मुलक कार्यक्रम देऊ । गर्वनिरोध के हो सिक्न पठाऔं । यस्ता मस्यौदा ले आम महिला मात्र होइन पुरुष पनि दिनानु दिन पीडित हुने छन् । धन्यवाद ।
नोट : लेख चिठी को रूपमा लेखिएको छ अर्थको अनर्थ नलागोस् धन्यवाद














