शिक्षक,विद्यार्थी र अभिभावकको अन्तर सम्बन्ध

जीवन पोखरेल
भनिन्छ बालबालिका काचो माटो हुन्,जस्ता चाहयो त्यस्तै बनाउन सकिन्छ । हुन पनि हो उपयुक्त वातावरण सिर्जना गरिदिन सकेमा कलिला बालबालिकाले भोलिका दिनमा हामीले सोचे अनुसारको नतिजा दिन सक्छन् । बालकको रुचि,इच्छा,आवश्यकता र चाहनाका सम्बोधन गर्दै उसको मनोविज्ञानलाई बुझेर व्यहार गर्न सकियो भने अपेक्षित लक्ष्य हासिल गर्न मद्दत पुग्छ ।
बालबालिकाको रुचि र इच्छा अनसार शिक्षण सिकाई कियाकलप गरेमा अझ बढि प्रभाबकारी हुन्छ । विशेष गरि ग्रामीण क्षेत्रका विद्यालयहरुमा परियोजना कार्यमार्फद जहाँ जुन वस्तु वा क्षेत्रको अध्यपन् गराउन सके राम्रो हुन्छ जस्तो मलाई लाग्छ । त्सैगरि प्रचुर मात्रामा पाइने स्थानिय वस्तुहरु प्रयोग गरी विद्यार्थीको घरमानै पाइने गाउँ घरमा हुने सामाग्री प्रयोग गरि विभिन्न विषय र क्षेत्र सम्बन्धी ज्ञान दिन सकिन्छ ।

जस्तै बगैचा शीर्षकमा पाठ पढाउन परेमा मल,फूल ल्याउन भनि बगैचामा नै लगी मल,पानी हालेर संरक्षणको तरिका नै शिकाउन सकिन्छ । यसरी विद्यार्थीको विषयवस्तुप्रती चाख बढ्दै जान्छ र उ सिकाईमा उत्साहित भएर लाग्छ । यति मात्र होइन सिर्जनात्मक क्षमता अभिवृद्धि भई सिकाई दिगो र प्रभावकारी हुन मद्दत पुग्छ । सबै विषय र पाठलाई यस्तो अनुकुल हुन्छ भन्न त सकिदैन् । तर सम्बन्धित विषय लाई रुचिकर तरिकाले कसरी लाभान्वित हुन्छन् त्यसमा भर पर्छ । पहिलाजस्तो पाठ्यपुस्तकको अभाव छैन ।

कक्षा कक्षामै दराज र त्यसमा कथा कविता चुट्किला लगायतका अन्य पाठ्यपुस्तकसँग सम्बन्धित पुस्तकहरु छन् । ति नै पुस्तकले पनि विद्यार्थीको अध्ययनलाई थप प्रेरित गरेका हुन्छन् । शिक्षकले जान्ने, उत्तर छिटो मिलाउने, अक्षर राम्रा बनाउनेलाई टिका लगाईएर, कापीमा केही चित्र बनाईदिएर वा स्टार चिन्हको प्रयोग गरी कसले जित्ने बनाईदिएर पढाईमा प्रतिस्पर्धा सिर्जना गरी उत्सुक बनाउनुहुन्छ । जसले गर्दा मैले पनि गर्नेैपर्छ भन्ने भावना विद्यार्थीमा पैदा हुन्छ । यति जान्यौ भने, मिलायौ भने यो पुरस्कार दिन्छु भनेर पनि विद्यार्थी अझै उत्सुक हुने गर्छन् ।

त्यति गर्दा पनि सिकाईमा सक्रिय संलग्न भएनन् भने विद्यार्थी पक्कै केही समस्यामा छन्, मर्कामा छन् । कतै परिवारमा झगडा पो भएको थियो कि ? घरमा कुटपिट पो भएको थियो कि ? केही काम बिगारेको थियो वा खाना नखाई पो आयो ? यावत कुराले प्रभाव पार्न सक्छ । तसर्थ अभिभावक पनि यस कुरामा सचेत हुनु जरुरी हुन्छ । एकदिनको कुरा हो, कक्षा १ मा अध्यापन गर्न जाँदै गर्दा सुरुमै एकजनाले सर ! आज हाम्रो बुबा बौलाउनु भएको छ भन्यो । म झस्के । किन ? के भयो ? भने उनको उत्तर “रक्सी खाएर बौलाउनुभएको छ ।” सुन्दा अचम्म लाग्यो र म निकै नै गम्भीर भए । कक्षामै पढ्न अस्बल विद्यार्थीको घरमा त्यस्तो अवस्था ।

चिन्ताजनक मुप्रामा गृहकार्य गरे । फेरी सोचे ५–६ वर्षको वच्चाले रक्सी खाएरै बौलाईन्छ भन्ने त पक्कै पनि जानेन तर उसको घरमा त्यही सुन्यो, छिमेकमा त्यही सुन्यो र विद्यालयमा त्यही भन्यो । तयसैले पनि बालबालिकाको अगाडी बोल्दा निकै विचार पु¥याउनुपर्छ । कक्षा ३ को विज्ञान, साईन्स पढाउदै गर्दा ‘स्मोकिङ’ (धुम्रपान) पाठ थियो । त्यसको परिचय, उदाहरण,लाग्ने रोगहरु र बच्ने उपायहरु समेत राखेको थियो । पढाएर सकिसकेपछिको कसको घरमा स्मोकिङ गर्नुहुन्छ ? ल हात उठाउ भने ।

१७ जनामा १५ जनाले हात उठाए । फेरी जिज्ञासा लाग्यो, शङ्का नै नगरेका विद्यार्थीले हात उठाउँदा तिम्रो घर कसले ‘स्मोकिङ’ गर्नुहुन्छ ? मेरो बाबाले, मम्मीले, हजुरआमा, हजुरबुबा । म फेरी न्तित बने । अब हात नउठाउने ती २ जनालाई सोधे तिम्रा घरमा कसैले ‘स्मोकिङ’ गर्नुहुदैन ? छात्र बोल्यो–ड्याडीले पहिला सुर्ती खानुहुन्थ्यो, अहिले त छोड्नुभयो खानुहुन्न । “फेरी अर्को १ जनालाई सोधे, उनको घरमा दिदि र हजुरबा मात्र हुनुहुन्छ । हजुरबाले खानुहुन्न ।

ल, “भरे सबैले घरमा गएर कसैले पनि ‘स्मोकिङ’ गर्नु हुँदैन, घरमा बाबामम्मीलाई नखान भन्नु, रोग लाग्छन् भनेर सिकाउनु । हुन्छ ? भन्दै म निस्के । अर्को दिन फेरी सोधे, ल –को कसले भन्यौ ? पालै सँग साध्दै गएँ । एकजनाले उत्तर भनिनन् । आँसु खसालिन । के भयो ? भने । “घर भने तर मान्नुहुन्न ।” –उनको उत्तर थियो । फेरी सोधे, कोकोले खानुहुन्छ ? बाबा, मम्मी, हजुरबा, हजुरआमा ।

अहो ! कत्रो बिडम्वना अब भोलिका दिनमा तिनले सिक्ने के ? म निरुत्तरित भए , बस, मात्र भने । त्यति मात्रै होर, बालकलाई पसल सम्म गएर तिनै धुम्रपानका सामग्री किन्न लगाईन्छ । यसबाट टाढा रहन अभिभावक पनि कहिले सचेत हुने ? तसर्थ, बालमस्तिष्कमा यस्ता क्रियाकलापले नकरात्मक प्रभाव पार्नुको साथै उसले अध्ययनमा जोश, जाँगर सहित सिक्न सक्दैन र परीक्षाको नतिजामा समेत तल पर्दछ ।

हुनसक्छ, केही बाध्यता, विवशता र आर्थिक अभावले गर्दा पनि विद्यार्थीको आधारभूत आवश्यकता पूरा गर्न पनि धौ–धौ परेको हुन सक्छ । तर न्यूनतम पोसाक र खानपानमा उचित ध्यान दिनै पर्छ विद्यालयले बोलाएको समयमा तुरुन्तै विद्यालय पुगी आफ्नो बच्चाको क्षमता, स्तर थाहा पाउनुपर्छ । अघिपछि पनि शिक्षक, शिक्षिकालाई भेट्दा बालबालिकाको अध्ययनको स्तर, उसको रुचि र क्षमताबारे जानकारी लिन खोज्नुभयो र सो अनुसार व्यवहार गर्दै जाँदा उल्लेख्य सकरात्मक प्रभाव पर्दछ ।

तर हातमा मोबाईल लिएर टिकटकमा सक्रिय गराउने, भनेको मानेनन् भनी मोबाईल नै दिएर भिडियो हेर्न लगाउने, बच्चाले किताब छोपेको बेला आफन्तहरुसँग चर्को स्वरमा फोन गर्नाले बच्चाको पनि ध्यान त्यतै जान्छ । विद्यालयमा अतिरिक्त घरमा कम्तीमा १ घण्टा समय दिएर सँगै बसेर तिमीले लेखेर देखाउ, पढेर मलाई सुनाउ भनी केही समय दिने हो भने उसको क्षमता, वृद्धि हुन्छ । खासगरी ग्रामीण क्षेत्रमा, लेख्ने काम मात्र गृहकार्य हो भनी सम्झने अभिभावक हुनुहुन्छ । शिक्षकले भोली यो पढेर आउ भन्नुहुन्छ ।

तर विद्यार्थीले घर गएर मेरो पढ्ने काम छ भन्दैन । ढाँट्छ घर पनि । उ पढ्दैन, खेल्न जान्छ वा मोबाइल माग्छ । अभिभावक सोच्नुहुन्छ, गृहकार्य नै दिदैनन् यी शिक्षकले ! हो, न्यूनतम डर विना बालबालिकाले पढ्दैनन् । माया साँगसँगै अलिकति डर पनि आवश्यक पर्छ । नपढे म भोली स्कुल जान्छु । सरलाई फोन गर्दिन्छु भनेर त्यही बाट तत्काल फोन लगाइदिए पनि विद्यार्थी साँचो बोल्छ ।

मुख्य समस्या नै त्यही हो । त्यसका लागी विद्यालयमा बोलाएको समयमा अभिभावक उपस्थित भई उसको पढाईको अन्तरक्रिया गर्ने, छलफल गर्ने, बालकलाई सँगै राखेर उसका कुरा पनि सुन्ने, सबै विषय शिक्षकसँग भेटेर मात्र घर फर्कने, बेलाबेलामा सबै विषय शिक्षकलाई सम्पर्क गर्ने, के छ, अवस्था ? मैले अझै के गर्नुपरो ? त्यतिगर्दा नि भएन भने लगाउनुहोस शिक्षकलाई दोष, आएर प्रश्न गर्नुहोस् । जुन विद्यार्थीको क्षमताले भेट्छ, जो सक्रिय छ, जो अब्बल छ, उसैको मात्र अभिभावक देखिनुहुन्छ विद्यालयमा । परीक्षा सकिदा बित्तिकै मेरो बच्चाको कति आयो नम्बर ? ब्+ आयो नाई भनेर चासो लिएर फोन गर्ने अभिभावक पनि हुनुहुन्छ ।

असाध्यै खुसी पनि लाग्छ । तर यता शिक्षकको आफ्नै पीडा छ, जो विद्यार्थी कमजोर छ जसको नम्बर थोरै आएको छ जो समस्यामूलक छ, त्यस्तो विद्यार्थीको पनि अभिभावक आई सहकार्य गरे, हामीसँग पनि सल्लाह, छलफल गरेर गए कति जाती हुन्थ्यो होला ? गृहकार्य भनेर लेखिरहने काम बुझ्नुहुन्छ, पढ्ने काम दिएको बेला पनि मेरा बालकले कतिबेर पढ्यो वा पढ्ने निरन्तर सम्बन्धित शिक्षकबाट जानकारी लिदै गर्नुभयो भने पक्कै पनि नतिजामा सकरात्मक प्रभाव पर्छ ।

बालबालिका हुन्छन् नै जिज्ञासु, के ? कसको ? किन , भन्छन् नझर्किकन जवाफ दिने हो भने विद्यालय र समाजमा समेत अनुशासित बन्छन् । खेल्न खोज्छन् । हो, उचित समय छुट्याएर दैनिक २०–२५ मिनेट खेल्न पनि दिने, आफन्तहरुसँग पनि कुराकानी गराउने, उसले विद्यालयमा गरेका कामहरु, पाएका पुरस्कार, हौसला केके भन्छ, बसेर सुनीदिने उचित माया र सम्मान दिने हो भने पढार्ईमा उचित प्रभाव पर्छ ।

सुनाई, बोलाई, पढाई र लेखाई गरी वैयक्तिक सीपको विकास गर्न, सिर्जनात्मक बनाउन, अन्तरनिहित क्षमता पहिचान गर्न र रुचि र चाहना बुझ्न माथिका कुरामा ध्यान दिनैपर्छ । केही डर र अधिकतम हौसलाको मिसावट गरी उचित व्यवहार गर्नुपर्छ ।

“शिक्षक र विद्यार्थीको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ ।” भनेझै असाभ्यै डर, त्रास शिक्षकबाट पनि हुनुहुदैन । टाढाको दुरी बनाउनुहुदैन । विद्यार्थीको घर परिवारको वातावरण बुझेर, उसको सामाजिक, आर्थिक अवस्था, उसको समस्या बुझेर शिक्षण र उपयुक्त व्यवहार गर्न शिक्षकलाई पनि सजिलो हुन्छ, बालकको समस्याबारे, उसको रुचि र क्षमताको विषयमा शिक्षक  र अभिभावक छलफल र अन्तरक्रिया गर्नैपर्छ ।

जसले गर्दा घर र विद्यालय दुवै ठाउँमा उपयुक्त सिकाई वातावरण सिर्जना हुनसक्छ । बालकको पनि इच्छा, चाहनाको उचित कदर गनुपर्छ । हप्काउने, बोल्नै नदिने गर्नुहुँदैन र राम्रोसँग सुनेर प्रतिक्रिया दिने सही भाषा बोल्ने गर्नुपर्दछ । हामी घर, विद्यालयमा जे जस्तो बोल्छौँ त्यस्तै सिक्छन् बालबालिका पनि ।

तसर्थ बालकका समस्या विद्यालयमा शिक्षकलाई बताउने र विद्यालयबाट भनिएका कुराहरु घरमा कार्यान्वयन गर्ने, नियमित समय दिने, सम्पर्क गरिराख्ने हो भने बालकको नतिजा त सुध्रन्छ नै ! भोलिका दिनमा सही मार्गनिर्देशन गर्न समेत मद्दत पुग्दछ । बालकले गर्दा नै शिक्षक अभिभावकको सम्बन्ध घनिष्ट बन्छ । संस्कार, अनुशासन, असल व्यवहार प्रस्तुत गर्न नियमित प्रेरित गर्ने हो भने बालक, शिक्षक र अभिभावकको घनिष्ट अन्तरसम्बन्ध समेत कायम हुन्छ । बालबालिकाको हरेक क्षेत्रको सुरक्षा प्रदान गर्नु तपाई हाम्रो साझा दायित्व हो ।

(लेखक जीवन पोखरेल पाञ्चायन मावि, जैसिथोकका शिक्षक हुन् ।)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा