गुल्मी ।
धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकस्थित देविस्थान प्राथमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि राजन पोखरेल निर्वाचित भएका छन् । शुक्रबार विद्यालयमा सम्पन्न भेलाले पोखरेलको अध्यक्षतामा छ सदस्यिय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
जसको सदस्यहरुमा विष्णुप्रसाद घिमिरे, गोपाल बहादुर विक, लक्ष्मी पोखरेल, अमिता विक र कोपिला नेपाली निर्वाचित भएका छन् । भेलाले भुपाल खत्रीको अध्यक्षतामा आठ सदस्यिय शिक्षक अभिभावक संघको पनि गठन गरेको छ । व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको कार्यकाल तीन बर्षको हुनेछ ।

गत तीन बर्ष पोखरेलको कार्यकालमा विद्यालयमा ११ थान कम्युटरबाट कम्युटर शिक्षाको सुरुवात, कक्षा ४ र ५ मा ५० पूर्णाङ्कको अध्ययन, बाल उद्यान निर्माण, विद्यालयमा तारजाली, हल निर्माण लगायतका भौतिक संरचनाको निर्माण लगायतका काम भएका थिए ।
कार्यक्रममा वडा सदस्य तारा खनाल, जैसिथोकका पूर्व वडाध्यक्ष मानबहादुर कुँवर, पाञ्चायन माविका व्यवस्थापन समिति अध्यक्ष गोपाल कुँवर, देविस्थान सामुदायिक बनका अध्यक्ष भोजराज घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष पोखरेलको अध्यक्षता, गाउँकार्यपालिका सदस्य धन बहादुर विकको प्रमुख आतिथ्यता तथा शिक्षक हरी विकको संचालनमा सम्पन्न भएको प्रधानाध्यापक हरी घिमिरेले जानकारी दिए । हाल विद्यालयमा ९६ विद्यार्थी अध्ययनरत छन् ।














