हुमाकान्त पोखरेल, गुल्मी ।
मोटरसाइकल ग्यारेजमा आगलागी भएपछि पीडितलाई गुल्मी उद्योग बाणिज्य संघले सहयोग गरेको छ । धुर्कोट गाउँपालिका –१ नयाँगाउँ घर भइ तम्घासको बसपार्कमा सुजता मोटर पार्टसका संचालक विक्रम सुनारलाई बाणिज्य संघले सहयोग गरेको हो ।
सुनार बाणिज्य संघका आजिवन सदस्य हुन् । जसका कारण उनलाई बाणिज्य संघका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठ लगायतका पदाधिकारीले ९० हजार पाँच सयको चेक शुक्रबार सुनारलाई हस्तान्तरण गरेको बाणिज्य संघका सदस्य बादल श्रेष्ठले बताए । पौष ७ गते ग्यारेजमा आगलागी हुँदा उनको ६० लाखभन्दा बढीको क्षती भएको थियो ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले बाणिज्य संघ सक्दो सहयोग गरेको बताउदैँ आगामी दिनमा सकेसम्म दुर्घटना हुनै नदिनको लागि सजक बन्नुपर्ने बताए ।














