कोरियाबाट फर्केपछि दुग्ध व्यवसायमा

हुमाकान्त पोखरेल, गुल्मी
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानसँगबाट दुध संकलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनेमा व्यस्त देखिन्छन् । बिहान र बेलुका दुध संकलन गर्ने एवं दिउँसो दुधबाट बन्ने विभिन्न परिकार बनाउने उनको दैनिकी बनेको छ । नेपालमा व्यवसायमा लगानी गर्न मानिसहरु डराइरहेका बेला पौडेल भने दुग्ध व्यवसायमा जमेका छन् ।

रिडीमा ‘गौरव दुध डेरी’ बाट व्यवसाय संचालन गरेका उनले दुध संकलन, दुधबाट बन्ने परिकार छुर्पी, पनिर, दही, कुराउनी, छुल्पी, घ्यु लगायतका परिकार बनाएर बिक्री गर्दछन् । उनको डेरीमा दैनिक औषतमा एक हजार एक सय लिटर दुध जम्मा हुन्छ । जसमा ८० प्रतिशत अर्थात आठ सय लिटर दुध छत्रकोट गाउँपालिकाबाट आउने गर्दछ भने बाँकी दुध सत्यवती र तानसेनबाट आउने गर्दछ ।

उनले गाई र भैसीँको दुध संकलन गर्ने गर्दछन् । दुध खरिद गरेबापत उनले दैनिक ७५ देखि ८० हजार अर्थात मासिक २१ लाख रुपैँया किसानहरुलाई भुक्तानी दिने गर्दछन् । दुधको गुणस्तरअनुसार किसानलाई रकम प्रदान गर्ने पन्त बताउछन् ।
किसानबाट संकलन गरिएको दुध उनले स्थानीय बजारका साथै पाल्पा, बाग्लुङ, स्याङ्जा र बुटबलसम्म पनि बिक्री गर्दछन् । बाँकी रहेको दुधलाई दही, पनिर, छुर्पी लगायतका परिकार बनाएर सदुपयोग गर्छन ।

गत बर्ष बुटबलको दुग्ध विकास संस्थानलाई ८४ हजार लिटर दुध बिक्री गरेका थिए । संस्थानले विभिन्न परिकार बनाउनको लागि दुध खरिद गर्दछ । दुधपछि बढी मात्रामा दही बिक्री हुन्छ । रिडीमा शव दाहासंस्कारको लागि धेरै मानिसहरु आउने भएकोले पनि दहीको खपत बढी हुने पन्थको भनाई छ ।

फुटकर एक सय ४० रुपँैयामा दही बिक्री भइरहेको छ । गर्मी सिजनमा दैनिक अढाई सय लिटरसम्म दही बिक्री हुने गरेको छ । उनले बार्षिक चार हजार लिटर घ्यु पनि उत्पादन गरी बिक्री गर्दै आएका छन् । प्रति लिटर एक हजार तीन सय रुपैँयामा स्थानीय बजारका साथसाथै बुटबल र काठमाडौंसम्म उनले उत्पादन गरेको घ्यु पुग्ने गरेको छ । पन्तले प्रतिकेजी एक हजार रुपैँयामा कुराउनी बिक्री गरिरहेका छन् ।

दसैँ, तिहार जस्ता चाडपर्व एवं पाहुनाले कोशेलीका रुपमा कुराउनी लैजाने गरेका छन् । गत दुई बर्षदेखि उनले छुर्पी उत्पादन गर्दै आएका छन् । फुटकरमा एक हजार तीन सय र होलसेलमा प्रतिकेजी हजार रुपैँयामा छुर्पी बिक्री हुदैँ आएको छ । स्थानीय बजारका साथसाथै पाल्पा, बुटबल र काठमाडौंसम्म पुग्ने छुर्पी यो बर्ष १५ क्विन्टल उत्पादन गर्ने लक्ष्य लिएको पन्त बताउछन् ।

उनी वैदेशिक रोजगारीको लागि सन् २००९ देखि १४ सम्म गरी छ बर्ष कोरिया बसे । कोरियामा उनले समुद्रमा माछा मार्ने काम गर्थै । उनको आम्दानी पनि मासिक तीनलाखजति हुन्थ्यो । कोरियामा काम गर्दा उनले मिर्मिको जलविद्युत ड्याममा माछा पाल्ने सोच बनाए । तर नेपाल फर्केपछि सोच बदले । रिडी नेपालको चार धाम मध्येको एक रहेको र धार्मिक पर्यटक बढी आउने भएकोले उनले दुध डेरी संचालन गर्ने निर्णय गरे ।

कोरिया जानुभन्दा अगाडी उनले काठमाडौंमा नौ बर्ष क्यान्टिन तथा होटल संचालन गरेका थिए । तर त्यसबाट सन्तुष्टि नभएपछि उनी कोरिया गएका थिए ।

‘अहिले आफ्नै ठाउँमा सन्तुष्ट हुनेगरी व्यवसाय गरेको छु ।’ रविले भने, ‘विदेशमा पैसा कमाएर पनि आफ्नो स्वाभिमान हुदैँन, तर स्वदेशमा थोरै पैसा कमाएपनि स्वाभिमान हुन्छ ।’ उनले कोरियमा कमाएको पैसा सही ठाउँमा लगानी लगाएको बताए । उनले रिडीमा दुग्ध डेरीसम्बन्धि व्यवसाय गर्नको लागि ५० लाख लगानी गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा