तम्घास ः ज्योती विकास बैंक तम्घास शाखाद्धारा जिल्ला प्रहरी कार्यालय गुल्मीलाई कम्युटर प्रदान गरिएको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरी बैंकका शाखा प्रबन्धक मनोज लामिछाने र कर्जा इन्चार्ज ज्ञान बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएपी गंगा बहादुर सारुलाई प्रदान गर्नुभयो ।
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत केन्द्रिय नीतिअनुसार जिल्ला प्रहरीलाई ६० हजार बराबरको कम्युटर प्रदान गरिएको शाखा प्रबन्धक लामिछानेले जानकारी दिनुभयो ।
भदौ २४ गतेको जेनजी आन्दोलनपछि देशका धेरै प्रहरी कार्यालयहरुमा क्षति भएकोले बैंकले देशैभर कम्युटर प्रदान गरेको थियो । जिल्ला प्रहरी कार्यालयका डिएपी गंगा सारुले कम्युटर प्रदान गरेकोमा ज्योती विकास बैंकलाई धन्यवाद् दिनुभयो ।














