गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकाको बेरुजु शून्य अर्थात कुनै पनि बेरुजु आएको छैन । महोलेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्याकंअनाुसार शून्य बेरुजु आउने देशभरका तीनओटा पालिका रहेका छन् । जसमा धुर्कोटसहित पर्वतको महाशिला गाउँपालिका र काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका रहेका छन् ।
महालेखाले सार्वजनिक गरेको प्रतिवेदनअनसार छत्रकोटको ०.६ प्रतिशत, मालिकाको ०.८ प्रतिशत, सत्यवती गाउँपालिकाको ०.२२ प्रतिशत बेरुजु आएको छ । त्यसैगरी मदाने गाउँपालिकाको ०.२७ प्रतिशत, इस्मा गाउँपालिकाको ०.४२ प्रतिशत, रेसुङ्गा नगरपालिकाको ०.४८ प्रतिशत, रुरुक्षेत्र गाउँपालिकाको ०.५८ प्रतिशत, गुल्मीदरबार गाउँपालिकाको ०.७८ प्रतिशत बेरुजु आएको छ ।
त्यस्तै कालिगण्डकी गाउँपालिकाको ०.८१ प्रतिशत, चन्द्रकोट गाउँपालिकाको १ प्रतिशत एवं मुसिकोट नगरपालिकाको २.५ प्रतिशत बेरुजु आएको महालेखाले जनाएको छ ।














