हुमाकान्त पाेखरेल, गुल्मी
गुल्मीकाे रेसुङ्गा नगरपालिका वडा नम्बर ८ ले वडाभित्रका बृद्धबृद्वालाई न्यानाे कपडा वितरण गरेको छ । बुधबार कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि ७५ बर्षमाथिका ३५ जना बृद्वबृद्वालाई सम्मान गरिएको हाे ।
उनीहरूलाई कम्मल, थर्मस र खादाले सम्मान गरिएको वडाध्यक्ष निरञ्जन थापाले जानकारी दिए । बृद्ववबृद्वाहरू इतिहासका जिउँदा साक्षि भएकोले उनीहरूकाे सम्मानस्वरूप न्यानाे कपडा वितरण गरिएको वडाध्यक्ष थापाकाे भनाई छ ।
कार्यक्रममा बाेल्दै वडासदस्य कृष्ण भण्डारीले समाजकाे सकारात्मक परिवर्तनकाे लागि युवा अवस्थामा अहिलेका बृद्वबृद्वाले दिएको याेगदान महत्त्वपूर्ण भएको बताए । वडा कार्यालयकाे चालु आर्थिक बर्षकाे एक लाख रूपैँया बजेटमा ज्येष्ठ नागरिकलाई न्यानाे कपडासहित सम्मान गरिएको हाे ।
न्यानाे कपडा पाएपछि ज्येष्ठ नागरिक पनि खुसि भएका छन् । ९६ बर्षिय धन बहादुर मगरले आफुले सही जनप्रतिनिधि चुनेकाेमा गर्भ लागेकाे बताए । `जनप्रतिनिधिले सम्झिए, त्यसैमा खुसि लाग्याे ।´ उनले भने ।
न्यानाे कपडा वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मी लगायतकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रम वडासचिव निर्मला राेकाकाे संचालनमा सम्पन्न भएको थियाे ।