धुर्कोट गाउँपालिका- ४ मा पाँचवर्षे योजना सम्बन्धी प्रारम्भिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बासुदेव पोखरेल, गुल्मी/माघ ९

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकको आयोजनामा आगामी २०८१/८२ देखि २०८६/८७ सम्मको पाँचवर्षे योजनाहरू तयार गर्नका लागि प्रारम्भिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, विद्यार्थी र वडा भित्रका अन्य सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष वीरबहादुर जोगी कुँवरले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव अशोक खनालले गर्नुभएको थियो।

प्रारम्भिक अन्तरक्रिया कार्यक्रममा वडाको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सामाजिक विकास र अन्य प्राथमिकताका विषयमा  छलफल भएको थियो  सहभागीहरूले वडाको आवश्यकता, चुनौती र सम्भावनालाई मध्यनजर गर्दै दीर्घकालीन र प्रभावकारी योजना निर्माणका लागि महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरे।

कार्यक्रमको सहजीकरण अलना इन्टरनेशनल सर्भिसेज प्रा.लि. का रामप्रसाद खनाल र खडानन्द भट्टराईले गर्नुभएको थियो।

कार्यक्रमले वडाको समृद्धि र दिगो विकासका लागि ठोस रणनीति तयार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। सहभागीहरूले यसलाई वडाको विकासका लागि महत्त्वपूर्ण प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन्।

वडा अध्यक्ष वीरबहादुर जोगी कुँवरले कार्यक्रमको अन्त्यमा वडाको विकासका लागि सबै क्षेत्रको सहकार्यमा योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा