निःशुल्क स्वास्थ्य शिविरबाट सात सय बढी लाभाम्बित

अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ मा निःशुल्क स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी नागरिक लाभाम्बित भएका छन् । अर्घाखाँची भगवती रुपन्देही सम्पर्क समाजद्धारा भुस्कातस्थित सरस्वती माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको अयोजना गरिएको थियो ।

जसमा कुल ७१५ जनाले सेवा लिएका छन् । जसमा उच्च रक्तचाप, सुगर, हाडजोर्नीसम्बन्धि बिरामी धेरै देखिएको आयोजकले जनाएको छ । शिविरमा बुटबलस्थित नागरिक मल्टिस्पेसलिस्ट हेल्थ क्लिनिक बाट फिजिसियन डाक्टर कपिलमणी गौतम, नाक, कान घाँटीरोग विशेषज्ञ डाक्टर देवेन्द्र बेल्वासे, महिला रोग विशेषज्ञ सर्मिला शर्माले सेवा दिएका थिए ।

त्यसैगरी भिडियो एक्सरेतर्फ प्रशान्त आचार्य, हाडजोर्नी तथा नशारोग विशेषज्ञ सम्राट पराजुली र आलोक थैवले सेवा दिएको स्थानीय उमेश पाण्डेले जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, वडा नम्बर ७ का वाडध्यक्ष नारायण पाण्डे, समाजका अध्यक्ष शेषकान्त वेल्वासे, मेडिकल व्यवसायी खगेन्द्र पाण्डे लगायत पदाधिकारीहरु, स्थानीय समाजसेवी, बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा