spot_imgspot_img

लक्ष्मी सनराईज बैंकद्धारा रेसुङ्गा माविमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

गुल्मी ।
लक्ष्मी सनराईज बैंक शाखा कार्यालय तम्घासले ग्लोबल मनी विक–२०२५ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय तम्घासद्वारा वित्तीय साक्षरता कार्यक्रम बिहिवार रेसुङ्गा नगरपालिका–२ तम्घास स्थित रेसुङ्गा माविमा सम्पन्न गरेको हो ।

बैंकको तम्घास शाखा टिम र शिक्षक प्रदिप मरासिनीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका ६५ जना विद्यार्थी तथा शिक्षक उपस्थित थिए । कार्यक्रममा बैंकिङ तथा सुरक्षित वित्तीय कारोबारसम्बन्धी वित्तीय साक्षरताका आधारभूत शिक्षा प्रदान गरिएको बैंकका कर्मचारी सन्दिप अर्यालले जानकारी दिए ।

यस कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निक्षेपमा उच्चतम ब्याज, कर्जा लगानीसहित एटीएम सेवा, क्रेडिट कार्ड, मोबाइल बैंकिङजस्ता आधुनिक बैंकिङ सेवाहरुसमेत प्रदान गर्दै आइरहेको बैंकले बचत खाता शून्य मौज्दातमा खोल्न सकिने शाखा प्रमुख सुनिल कुमार ज्ञवालिले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा