रेसुङ्गा बहुमुखी क्याम्पसमा गोष्ठी सम्पन्न

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत एम.वि.एस. चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुका लागि “Dissertation Proposal Writing” विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शैक्षिक सत्र २०८०÷८१ को पुर्वनिर्धारित कार्यक्रम अनुरुप व्यवस्थापन संकायको पहल र अनुसन्धान व्यवस्थापन इकाई (Research Management Cell-RMC) को आयोजनामा गोष्ठी संचालन भएको हो ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्र्तगत स्नातकोत्तरतहको सेमेष्टर प्रणालीतर्फको MBS कार्यक्रमको निर्धारित पाठ््यक्रममा Partial Requirement को रुपमा एम.वि.एस. अन्तिम सेमेष्टरमा विद्यार्थीहरुले Dissertation Writing गर्नुपर्ने प्रावधान अनुरुप उनीहरुलाई पृष्ठपोषण गर्नका लागि गोष्ठीको आयोजना गरिएको थियो ।


आयोजित गोष्ठीका विभिन्न सत्रहरुमा सहभागीहरुलाई Proposal Format : Research Questions and Gap, Review of Literature, Methodology Approaches, Research Questionnaires Preparation, Data Analysis, Research Outcome, Citation and Abstract Writing संबन्धमा सरल ढंगमा सैद्वान्तिक र व्यवहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो । गोष्ठीमा नेपाल कमर्श क्याम्पसका प्राध्यापक Ph.D. Scholar चुरामणि पाण्डेयले आफुले प्राध्यापन सेवा अवधिमा गरेका अनुसन्धान नतिजाहरुको अनुभव पनि सुनाउनुभएको थियो ।

कार्यक्रममा स्नातकोत्तर तहका विद्यार्थीहरु र प्राध्यापकहरु गरी ६४ जनाको सहभागीता रहेको थियो । कार्यक्रम क्याम्पसका व्यवस्थापन संंकायका प्राध्यापक यमबहादुर थापाको अध्यक्षता, क्याम्पस प्रमुख हरिबहादर खत्रीको प्रमुख आतिथ्यता, एम्.बी.एस्. कार्यक्रम संयोजक सूर्य उपाध्यायको स्वागत मन्तव्य तथा उपप्राध्यापक रामप्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा