सूर्य सुनार पुस ९ गुल्मी । गुल्मीमा एक जना पीडित छात्राले न्याय नपाएको भन्दै अनेमसंघ गुल्मी जिल्ला प्रशासन कार्यालय पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएपी) शंकर प्रोखरेलले जाहेरी दर्ता फरक मुद्धामा दर्ता गरिदिएको हुँदा न्याय नपाएको उनिहरुले आरोप लगाएका छन् ।
रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका–७ वामीका क्याम्पस प्रमुख.कृष्णप्रसाद सापकोटाले क्याम्पसमा अध्ययनरत २३ बर्षीया छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा ३० मंसिरमा जाहेरी दर्ता भएको थियो ।
तर पीडित महिलालाई अभद्र व्यावहार नभएर यौनदुव्र्यवहारमा मुद्धा चलाउन माग गर्दै आएपनि डिएपी प्रोखरेलले मुद्धाको नाम परिवर्तन गरेर जाहेरी दर्ता गरेको आरोप अनेम संघ मुसिकोट नगरकमिटि अध्यक्ष सावित्रा विष्टले बताउनुभयो । विष्टले भन्नुभयो “शिक्षक धरौटीमा रिहा हुनुभएको छ, क्याम्पसमा गएर पढाउन लाग्नुभएको छ ।
अब हामीले उक्त क्याम्पसमा छोराछोरी कसरी पढाउने ? पीडितले न्याय पाउनुपर्छ यदी न्याय नपाएर हामीले अन्य निकायमा आवाज उठाउँछौं । त्यस्तै अनेरास्ववियु जिल्ला कमिटि सचिब निशान टण्डनले पीडित छात्राले जिल्ला प्रहरी कार्यालय गुल्मीमा आएर मलाई यौन दुव्र्यवहार भयो न्याय पाउँ भनेर निवेदन दिनुभयो ।
तर सुरुमा तीन दिनसम्म जाहेरी दर्ता नगरेर प्रहरीले मिलाउन खोजेको आरोप उहाले लगाउनुभयो । तर पीडित छात्रा मिल्न नचाहेपछि अत्यमा डिएपीले यौनजन्य दुव्र्यवहारको नाममा मुद्धा दर्ता गर्नुपर्नेमा अभद्र व्यवहार गरेको विषयमा जाहेरी दर्ता गरेको टण्डनले बताउनुभयो ।
सोमबार जिल्ला प्रशासन कार्यालयबाट सामान्य धरौटीमा शिक्षकलाई रिहा गरिएको विषयले विद्यार्थीहरु तरङ्गित फैलिएको टण्डनले बताउनुभयो । विद्यालयमा पढन गएको विद्यार्थी शिक्षकबाट यौनजन्य दुव्र्यवहार हुँदा यसले समाजमा नकारात्मक सन्देश प्रवाह हुने हुँदा उक्त शिक्षकलाई आवश्यक कारबाही हुनुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले आफू बिदामा भएको समयमा उक्त घटनामा आफूलाई खासै थाहा नभएको बताउनुभयो । थप डिएसपी साप संग आफूले बुझेर बताउने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले सरकारी वाकिल कार्यालयबाट आएको र अभद्र व्यवहार प्रकृतिको मुद्धा भएको कारण आफूले धरौटीमा रिहा गरेको बताउनुभयो । पीडित विद्यार्थीले आफुलाई निरन्तर चार बर्षदेखि क्याम्पस प्रमुखले यौन आशयले संवेदनशिल अंगहरु छुने, अश्लिल शब्दहरु बोल्ने गरेको उजुरीमा उल्लेख गर्नुभएको छ ।