गुल्मी, १६ असार ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, गुल्मीले जिल्लाका ७७ परिवारलाई सरसफाईका सामग्री वितरण गरेको छ । कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी रेसुङ्गा नगरपालिका वडा नम्बर २ का ३३ र वडा नम्बर ८ का ४४ परिवारलाई सरसफाईका सामग्री प्रदान गरेको हो । एक परिवारलाई एउटा साबुन, एउटा घुरौटो र एउटा फोहोर फाल्ने डस्विन गरी ९६० बराबरको सामग्री प्रदान गरिएको कार्यालयका प्राविधिक माधव प्रसाद पाण्डेले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले प्राप्त सामग्रीको उचित प्रयोग गर्न आग्रह गरे । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख वेद प्रसाद आचार्यले सरसफाईको हिसाबले पछाडी परेको ठाउँलाई सामग्री प्रदान गरेको बताए ।
कार्यक्रममा नगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष हिरा बहादुर थापा, वडा नम्बर ८ का अध्यक्ष निरञ्जन काउछा, नागरिक समाजका पदम प्रसाद पाण्डे, गैर सरकारी संस्था महासंघका विष्णु प्रसाद भण्डारी, पत्रकार महासंघबाट हुमाकान्त पोखरेल, नगर विकास तथा वातावरण सरसफाईबाट राम प्रसाद पन्थी लगायत विभिन्न जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समिति सदस्य शेर बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।