अनिल नेपाली, अर्घाखाँची
१० भदाै । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारीले देश विकास गर्ने देखि ठुला ठुला परिवर्तन गर्नेमा नेकपा माओवादी सबैभन्दा अगाडि रहेको बताउनु भएको छ । आज आइतवार जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बाणगङ्गा नगरपालिका ८ कपिलवस्तुमा भएको वडा केन्द्रीत कर्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भयो । नेतृ खनालले देशको सबैभन्दा ठुलो र क्षमता भएको पार्टी माओवादी नै रहेको दाबी गदै विगत देखि नै आफ्नो पार्टीले जनताका समस्या र गुनासालाई प्रमुख मुद्धा गराएर अगाडि बढिरहेको भन्दै त्यसलाई सधैभरि निरन्तरता दिने बताउनु भएको थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य दिनेश पुनले स्थानीयका गुनासालाई सम्बोधन गर्दै जनताका कुरा सुन्न अफुहरु विगत देखि नै जनताको बिचमा रहेको अवगत गराउदै त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले चुनाव जित्नको लागि जनताको बिचमा आउनै पर्ने बताएका छन । आगामि निर्वाचनमा चुनिनको लागि जनताका समस्याहरु सम्बोधन गर्नै पर्ने उनीहरुले बताएका हुन । बाणगंगा ८ को जलेश्वर धाममा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले अब माओवादीलाई देशको सबैभन्दा ठुलो शक्ति बनाउनको अन्य पार्टीका नेताले जस्तो गफ नगरि जनताका साना साना समस्या समाधान गर्न तर्फ लाग्नको लागि आग्रह गरेका थिए ।बाणगङ्गा नगर भित्र अव्यवस्थित बसोबास र सुकुम्बासीका समस्या निक्कै टड्कारो बनिरहेकोले उक्त समस्या तत्काल समाधान गर्न माग समेत गरेका थिए । माथि बाट हेर्दा जनताका समस्या निक्कै सामान्य देखिएपनि स्थानीयको लागि भने भयङ्कर भएको उनीहरुले बताएका थिए ।
प्रदेश कमिटी सचिवालय सदस्य नारायण भुसाल, ,जिल्ला सल्लाहाकार सदस्य त्रिलोचन न्यौपाने, दामोदर बन्जाडे, जिल्ला सचिवालय सदस्य हुमनाथ पौडेल ,बाणगंगा नगर कमिटि उपाध्यक्ष टेकेन्द्र क्षेत्री, नगर सचिव प्रेम विश्वकर्मा सङ्गैँ जिल्ला, नगर, वडा सदस्य, कार्यक्रता लगायत स्थानीयको उपस्थिति रहेको थियो । वडा कमिटी अध्यक्ष विष्णु पौडेको अध्यक्षतामा भकएको कार्यक्रमकोे सञ्चालन वडा सचिव गणेस परियारले गर्नुभएको थियो ।