spot_imgspot_img

भूकम्पका कारण अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरका पाँच घर भासिए

अनिल नेपाली

अर्घाखाँची, १६ असोज । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा भूकम्पका कारण पाँच घर भासिएका छन्। बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सितापुरका ५ घर चर्किनुका साथै भासिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतीत सिंह राठोरले बताए। स्थानीय दशरथ गुरुङ, विष्णु थापा मगर, बब्लु बानिया, सन्तोष घम र दुर्गा बिसीको घर चर्किएको हो।

अविरल वर्षाका कारण गलेको जमिन भूकम्पले हल्लाएपछि घरहरू चर्कनुका साथै भास्सिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। घर भासिएपछि घरमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको इलाकाप्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मरगले बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा