spot_imgspot_img

पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि सत्यवतीलाई

हुमाकान्त पोखरेल, गुल्मी ।
जिल्ला भलिबल संघ, गुल्मीले आयोजना गरेको ‘पालिकास्तरीय भलिबल प्रतियोगिता’को उपाधि सत्यवती गाउँपालिकाले जितेको छ । शनिबार कालिगण्डकी गाउँपालिकालाई पराजित गर्दै सत्यवतीले पुरुषतर्फ ७७ हजार ७७७ र महिलातर्फ ३५ हजार राशिको उपाधी जितेको हो । संयोग नै मान्नुपर्छ, महिला र पुरुष दुवै विधामा प्रथम स्थानका लागि कालिगण्डकी र सत्यवती भिडेका थिए ।

पुरुषतर्फ सत्यवतीले कालिगण्डकीलाई १९–२५, १६–२५ र १९–२५ को सोझो सेटले पराजित ग¥यो । द्धितिय भएको कालिगण्डकीले ५५ हजार ५५५ राशिको उपाधी जितेको छ । पुरुषतर्फको फाइनल खेल बेष्ट अफ फाइभमा खेलाइएको थियो । त्यसैगरी चन्द्रकोट गाउँपालिका तृतिय र मुसिकोट नगरपालिका सान्त्वना भएका छन् । चन्द्रकोटले मुसिकोटलाई २५–२१ र २५–२३ को सोझो सेटले पराजित गरेको छ ।

महिलातर्फको फाइनल खेलमा पनि सत्यवतीले कालिगण्डकीलाई २५–१५, २०–२५ र १५–१० को अन्तरले पराजित गर्दै ३५ हजार राशिको उपाधी जितेको छ । द्धितिय भएको कालिगण्डकीले २५ हजार राशिको पुरस्कार पाएको छ । त्यसैगरी तृतिय स्थानका लागि भएको खेलमा गुल्मीदरबारले जित हाँसिल गरेको छ । उसले रुरुक्षेत्र गाउँपालिकालाई २५–२१ र २५–२० को अन्तरले पराजित गरेको थियो । महिला भलिबलमा रुरुक्षेत्र सान्त्वना भएको खेल संयोजक सन्तोष पुनले जानकारी दिए ।

 

प्रतियोगितामा पुरुषतर्फ तृतिय हुने चन्द्रकोटलाई ३३ हजार ३३३ र सान्त्वना हुने मुसिकोटलाई ११ हजार १११ प्रदान गरिएको छ । महिला भलिबलतर्फ तृतिय हुने गुल्मीदरबारलाई १५ हजार र सान्त्वना हुने रुरुक्षेत्रलाई १० हजार प्रदान गरिएको संघका महासचिव नारायण आचार्यले जानकारी दिए । पुरुष र महिला दुवैतर्फ प्रथम र द्धितिय हुनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने तृतिय र सान्त्वना हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको महासचिव आचार्यले जानकारी दिए ।
प्रतियोगितामा महिलातर्फ सत्यवती सिर्जना राहादी बेष्ट प्लेयर, गुल्मीदरबारकी युमि रास्कोटी बेष्ट डिफेन्डर, कालिगण्डकीकी यलिसा थापा बेष्ट सर्भर, कालिगण्डकीकै स्माइल पुन बेष्ट स्पाइकर र सत्यवतीकी जिना सिंजाली बेष्ट स्ट्राइकर भएका छन् ।

त्यसैगरी पुरुषतर्फ सत्यवतीका धनपति कुँवर बेष्ट प्लेयर, चन्द्रकोटका विशाल विक बेष्ट स्पाइकर, सत्यवतीका हेमन राना बेष्ट सर्भर, कालिगण्डकीका लोचन आले बेष्ट ब्लकर, सत्यवतीका हिमाल तरामु बेष्ट डिफेन्डर र सत्यवतीकै रजन तरामु बेष्ट स्ट्राइकर भएका छन् । जिल्ला भलिबल संघले यही कात्तिक १५ गतेदेखि गुल्मी सदरमुकाम तम्घासमा पालिकास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा