spot_imgspot_img

दोस्रो पटक अध्यक्षको दौडमा थापा

गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा रहेको श्रृङ्गेश्वर क्याम्पसको स्ववियुको अध्यक्षमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबाट विशाल थापाले उम्मेदवारी दर्ता गराएका छन् । उनी दोस्रो पटक स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षको लागि प्रतिस्पर्धा गर्दैछन् । चैत ५ गते हुने स्ववियुको निर्वाचनको लागि उक्त क्याम्पसमा एक सय १२ मतदाता रहेका छन् ।

०७९ चैत ५ मा सम्पन्न निर्वाचनमा थापा नेविसंघ र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलको उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी ३१ मतान्तरले अध्यक्षमा विजयी भएका थिए । अहिले हुने निर्वाचनको लागि भने उनी एमाले निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघको संयुक्त प्यानलको सामना गर्दैछन् ।

संयुक्त प्यानलबाट अध्यक्षमा अनेरास्ववियुका नेत्र प्रसाद ज्ञवाली, सचिवमा नेविसंघका विन्दिया राना र कोषाध्यक्षमा अनेरास्ववियुबाट लक्ष्मी ज्ञवाली उम्मेदवार बनेका छन् । त्यसैगरी अखिल (क्रान्तिकारी) बाट सचिवमा पुष्पा कुँवर र कोषाध्यक्षमा सिर्जना बस्याल उम्मेदवार बनेका छन् । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ बलेटक्सार निवासी थापा गुल्मी जिल्लाबाट स्ववियुमा दोहोरिन चाहेका एक्ला उम्मेदवार हुन् ।

दुई बर्षे कार्यकालमा थापाले क्याम्पसको पुस्तकालयबाट विद्यार्थीले दुईवटा मात्रै पुस्तक लैजान पाउने गरेकोमा पाँचवटा पुस्तक लैजान पाउने व्यवस्था गरे । स्थानीय सरकारसँगको समन्वयमा क्याम्पसमै सेनेटरी प्याडको व्यवस्था, क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गर्दै पालिकासँगकै सहकार्यमा शिक्षक सेवा र लोकसेवाका कक्षाहरु पनि उनले संचालन गरे ।

त्यसैगरी पालिकाको अनुदानमा क्याम्पसमा छात्रवृत्ति कार्यक्रम लागु गरे । त्यसैगरी उनकै पहलमा पालिकाबाट क्याम्पस संचालनको लागि ५० लाख समेत बिनियोजन भयो ।

‘निरन्तर विद्यार्थीहरुको सम्पर्कमै छु, विद्यार्थीको चाहानाअनुसार उम्मेदवारी दिएको हुँ ।’ उनले भने, ‘जित्ने कुरामा विश्वास लिएको छु ।’ २०७२ सालमा सम्पन्न स्ववियु निर्वाचनमा पनि नेविसंघसँगको सहकार्यमा अनेरास्ववियुका उम्मेदवारलाई पराजित गर्दै किसन पाण्डे अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा