spot_imgspot_img

गुल्मीका तीन क्याम्पसमा निर्वाचन हुदैँ

गुल्मी ।  स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वको लागि गुल्मीमा त्रिभुवन विश्वविद्यालयअन्तरगतका तीन क्याम्पसमा निर्वाचन हुदैँछ । जिल्लाको श्रृङ्गेश्वर, रिडी र रुद्रावती बहुमुखी क्याम्पसमा ८ बजेपछि मतदान सुरु हुदैँछ ।

रिडी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)बाट सदिक्षा पौडेल तथा एमाले निकट अनेरास्ववियुबाट धन बहादुर कुमाल अध्यक्षको प्रस्तिपस्र्धामा हुनुहुन्छ । १७ मतदाता रहेको क्याम्पसमा कुमाल अनेरास्ववियु र नेविसंघका संयुक्त प्यानलका उम्मेदवार हुनुहुन्छ ।

श्रृङ्गेश्वर क्याम्पसमा अखिल (क्रान्तिकारी)बाट विशाल थापा र अनेरास्ववियुबाट नेत्र प्रसाद ज्ञवाली अध्यक्षमा भिड्दै हुनुहुन्छ । थापा दोस्रो कार्यकालका लागि एकल प्यानलबाट निर्वाचनको मैदानमा हुनुहुन्छ भने ज्ञवालीलाई नेविसंघको समेत साथ छ । उक्त क्याम्पसमा एक सय १२ मतदाता रहेका छन् ।

अघिल्लो निर्वाचनमा श्रृङ्गेश्वरमा अखिल (क्रान्तिकारी) र नेविसंघबीचको तालमेलबाट थापा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । रुद्रवाती बहुमुखी क्याम्पसमा अनेरास्ववियु र जनमोर्चा निकट अखिल (छैठौँ) बीच निर्वाचनमा प्रतिस्पर्धा हुदैँछ ।

अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट लक्ष्मी पुन एवं अखिल (छैठौँ) र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलबाट कर्ण नेपाली अध्यक्षका उम्मेदवार हुनुहुन्छ । रुद्रावतीमा कुल दुई सय पाँचजना मतदाता रहेका छन् । ११ वटा क्याम्पसमध्ये जिल्लामा छ क्याम्पसमा निर्वाचन भएको छ भने दुई क्याम्पसमा निर्वाचन हुन सकेन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा