spot_imgspot_img

रिडी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

गुल्मी ।
रिडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । मंगलबार भएको निर्वाचनमा अनेरास्ववियुका धन बहादुर कुमाल १० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) की उम्मेदवार सदिक्षा पौडेलको पक्षमा ४ मत परेको छ ।

त्यसैगरी अनेरास्ववियुबाटै सचिवमा आठ मत प्राप्त गरी बविता घिमिरे र कोषाध्यक्षमा १० मत प्राप्त गरी सृष्टि बगाले निर्वाचित भएका छन् । अखिल (क्रान्तिकारी) को तर्फबाट सचिव उम्मेदवार शुशिला थापाको छ तथा कोषाध्यक्ष उम्मेदवार बिनिता थापाको ४ मत आएको क्याम्पस प्रमुख रोहित भण्डारीले जानकारी दिए ।

अध्यक्षमा विजयी कुमाल नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार हुन् । रिडी बहुमुखी क्याम्पसमा १७ मतदाता रहेकोमा निर्वाचनको तोकिएको मिति दिउँसो २ बजेसम्म १४ मत खसेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा