spot_imgspot_img

रोकियो रुद्रावती बहुमुखी क्याम्पसको निर्वाचन

गुल्मी . गुल्मीको मुसिकोटमा रहेको रुद्रावती बहुमुखी क्याम्पसको निर्वाचन प्रक्रिया रोकिएको छ । मंगलबार मतदान चलिरहेको बेला एक सय सात मत खसेपछि अनेरास्ववियुले विभिन्न आरोप लगाउदैँ ज्ञापन पत्र बुझाएपछि मतदान रोकिएको हो ।

अनेरास्ववियुकी लक्ष्मी पुनद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा एउटा मतदाताको परिचयपत्र अर्को मतदाताले लगेको लगायतका आरोप लगाइएको छ । त्यसपछि क्याम्पसले मतदान प्रक्रिया संचालन गर्नका लागि सर्वदलिय बैठक राखेपनि सहमति नभएपछि मतदान प्रक्रिया नै स्थगित गर्नुपरेको निर्वाचन अधिकृत लिलाधर आचार्यले जानकारी दिए ।

क्याम्पसमा कुल दुई सय १२ मतदाता रहेका थिए । भोट राख्न नपाएका मतदाताहरुले भने मताधिकारको प्रयोग गर्न पाउने माग राखेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा