गुल्मी ।
गुल्मीको श्रृङ्गेश्वर बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानललाई हराउदैँ अनेरास्ववियू (क्रान्तिकारी)को प्यानल नै विजयी भएको छ । मंगलबार सम्पन्न मतगणनामा एमाले र काँग्रेस निकट विद्यार्थीहरुको संगठनलाई हराउदैँ माओवादी केन्द्रनिकट विद्यार्थीको संगठनले जित दर्ता गरेको हो ।
आज सम्पन्न मतदानमा ११२ मतदातामध्ये १०६ मत खसेको थियो । जसमा अखिल (क्रान्तिकारी)का विशाल थापाले ६५ मत ल्यउदैँ अध्यक्षमा विजयी भएका छन् भने अनेरास्ववियुका नेत्र प्रसाद ज्ञवालीले ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी अखिल (क्रान्तिकारी)बाटै सचिवमा पुष्पा कुँवर, कोषाध्यक्षमा सिर्जना बस्याल तथा सदस्यहरुमा अप्सरा परियार, दया पौडेल र विपना थापा निर्वाचित भएका छन् ।
थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् । समानुपातिकतर्फ संयुक्त प्यानलमा ४७ मत परेको छ भने अखिल (क्रान्तिकारी)को पक्षमा ५८ मत परेको छ ।