बासुदेव पोखरेल
गुल्मी, ०७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मालिका गाउँकमिटीको बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रले तीन महिनासम्म सुरु गर्ने ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ कार्यक्रमको पूर्वसन्ध्यामा मालिकामा बैठक सम्पन्न गरिएको हो ।बैठक पार्टीका मालिका गाउँकमिटी अध्यक्ष प्रेम भट्टराईको अध्यक्षता, स्थायी समिति सदस्य एवम् माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महराको प्रमुख आतिथ्यता एवम् पार्टी केन्द्रीय सदस्य निमकान्त डाँगीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा अभियानका मालिका इन्चार्ज भुपाल पोखरेल, प्रदेश सचिवालय सदस्य ज्ञान कुमार बुढा, प्रदेश कमिटी सदस्य देविराम अर्याल, प्रदेश निर्वाचन क्षेत्र अध्यक्ष सूर्य बहादुर बुढा लगायतको आतिथ्यता रहेको थियो । बैठकबाट यही भदौ १४ गतेसम्म सबै वडाका बैठकहरु सम्पन्न गर्ने निर्णय गरिएको अभियानका इन्चार्ज पोखरेलले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महराले तीन महिने अभियानले जनताको मन जितेर पार्टीलाई थप बलियो र शसक्त बनाउने बताए ।